धादिङ बैशाख २६ । निर्वाचनमा मतदान गर्न मतदाता नामावलीमा नाम भएर मात्र नपाइने भएको छ । निर्वाचन आयोगले ३ दिनको समय दिएर पुरानो परिचय पत्र खारेज गर्दै नयाँ परिचय पत्र दिन लागेको छ ।
बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनको लागि २८ गते बिहीबार देखि ३ दिन बिहीबार, शुक्रबार र शनिबार हरेक मतदानकेन्द्र मार्फत मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । निर्वाचनको दिनमा ३१ गते मतदाता परिचयपत्र वितरण हुॅदैन परिचयपत्र वितरण कार्यक्रम ३० गते नै बन्द हुन्छ । त्यस कारण सबै मतदातालाई ३० गते भित्रमा परिचय पत्र लिइसक्न निर्वाचन आयोगले मतदातालाई आग्रह गरेको छ ।
मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य गरेको आयोगले मतदाता परिचयपत्र बिना अरु प्रमाण देखाएर मतदान गर्न नदिने भएको छ ।
विगतको निर्वाचनमा लिएको परिचय पत्र खारेज गरिसकेको हुॅदा त्यो परिचयपत्र अब काम लाग्दैन नयाँ परिचय पत्र अनिवार्य लिनुपर्छ परिचयपत्र लिन मतदाता स्वयं मतदान केन्द्र-स्थल पुग्नुपर्नेछ । परिचय पत्र लिन नभ्याउनेका लागि निर्वाचन आयोगले केहि खुकुलो पार्दै आफू पुग्न नसक्ने भएमा परिवारका एकाघरका सदस्य मार्फत लिन पठाउन सकिनेछ व्यवस्था समेत गरेको छ ।