नीलकण्ठमा उम्मेदवारी किन दिए मनराज भण्डारीले ?

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख २६, २०७४

धादिङ बैशाख २६ । जनयुद्धले स्थापित गरेको पात्रको नाम हो मनराज भण्डारी शैलेस । नीलकण्ठ नगरपालिकामा मेयरको उम्मेदवारीको आकाँक्षी भण्डारी अन्तिम क्षेणमा किन उपमेयरमा झर्न पुगे सबैको चासो हुनु स्वभाविकै ठान्छन् उनी । माओवादी केन्द्रको उपस्थिति राम्रै रहेको यस नगरपालिकामा एक्लै भन्दा मिले रै अगाडी बढ्ने सोच पार्टीले बनायो मिल्दा ऐण्जेडा मिल्ने, विकास र जनताको मनोभावना बुझ्ने उम्मेदवार सँग मिल्ने पार्टीले सोच बनायौं । त्यहि अनुरुप काँग्रेस सँग माओवादी केन्द्रले तालमेल गर्यो तालमेलमा एकले अर्कोलाई त्याग गर्नै पर्छ नत्र कसरी तालमेल हुन्छ ? हाम्रो पार्टीले काँग्रेसलाई मेयर दिएर त्याग गर्यो यहि अनुरुप भिम ढुङ्गाना मेयर र म उप मेयरमा उम्मेदवारी दिएको हुँ ।  हामी मिलेर नीलकण्ठलाई समृद्ध बनाउन चाहान्छौं  त्यसैले मैले उप प्रमुखको लागि उम्मेदवारी दिएको हुँ, भण्डारीले भने ।

को हुन् भण्डारी धादिङपोष्टले फेलापारेको तथ्य
२०३६ सालमा जन्मिएका भण्डारी स्थानिय तह निर्वाचन अन्तरगत माओवादीको तर्फबाट नीलकण्ठ नगरपालिको उपमेयर पदमा चुनाव लड्दै छन् ।

नीलकण्ठ २ भण्डारी गाउँ साँखुका शैलेसले महेन्द्र मावि, नीलकण्ठ उमावि हुँदै स्नाकोत्तर सम्मको अध्ययन पुरा गरेका छन् । महेन्द्र मावि निलकण्ठबाट २०५० सलमा अखिल क्रान्तिकारीमा पहिलो पटक आवद्ध भइ राजनीति प्रवेश गरेका उनी अहिले माओवादी केन्द्रको महादिवेशन आयोजक समिति सदस्य तथा जिल्ला समिति धादिङका सह सचिव छन् ।

माओवादी जनयुद्धमा २०५८ साउन ३ गतेबाट पूर्णकालिन भई क्रियाशिल रहँदै आएका भण्डारी जिल्लाका स्थापित नेता हुन् । मेयर पदमा नेपाली काँग्रेसका नेता भिम ढुङ्गानालाई र उप मेयरमा भण्डारीलाई सहयोग गर्ने गरी भएको तालमेल अनुसार भण्डारीले उपमेयरमा उम्मेदवारी दिएका हुन् ।

उपमेयरमा उम्मेदवार भण्डारी बारे संक्षिप्त जानकारी

२०५८ भाद्रमाः पार्टी सदस्यता प्राप्त
२०५८ मंसिरमाः माओवादी इलाका समिति सदस्य
२०५९ असोजः जिल्ला पार्टी सदस्य एवम् इलाका सेक्रेटरी
२०५९।१।५–२०६०।४।३२माः तत्कालिन जनमुक्ति सेनामा कार्यरत
२०६० सालमाः जिल्ला पार्टी सचिवालय सदस्य
२०६२ बैशाख १ गते: धादिङ जिल्ला २ नंं इलाका (१५ गा.वि.स) इन्चार्ज
२०६२ पौष: तत्कालिन जनमुक्ति सेना तेस्रो डिभिजन बासु स्मृति वि ग्रेड १२ नंं बटालियनमा सचिव एवम् कम्पनि कमिसार ।
२०६३ असारः तत्कालिन जनमुक्ति सेना तेस्रो डिभिजन बासु स्मृति वि ग्रेड सचिव एवम् कम्पनी कमिसार ।
२०६३ मंसिर ५ गते:जनमुक्ति सेना क्यान्टोनमेन्टमा गए लगतै ३५ जना वाइ.सि.एल. टिमको नेतृत्व गरि धादिङ जिल्लामा वाइ.सि.एल. संयोजक ।
२०६३ चैत्रः वाइ. सि.एल. धादिङको अध्यक्ष एवम् जिल्ला पार्टी सचिवालय सदस्य ।
२०६४–२०७० सम्म: वाइ. सि.एल. धादिङको अध्यक्ष एवम् वाइ सि.एल. केन्द्रिय समिति सदस्य
२०६८–२०७२ सम्म निर्वाह गरेका मुख्य कार्यहरु
१. जिल्ला खेलकुद विकास समिति धादिङको अध्यक्ष पद सफलता पुर्वक निर्वाह ।
२. उक्त कार्यकालमा प्रथम खेलकुद महोत्सव २०६८ सफलतापूर्वक सम्पन्न ।
४. प्रथम राष्ट्रपति रनिङसिल्ड देखि चौथो राष्टूपती रनिङसिल्ड प्रतियोगिता गराउन सफल,
५. विभिन्न विद्यालयमा खेलकुद प्रतियोगिता र सम्मान ।
६. आ.व. २०६१।०७२ मा धादिङबेंसीमा सेमि कवडहल निर्माण गराउन सफल ।
७. धादिङबेसीको टुडिखेल मर्मत सम्हार,
८. उक्त ४ वर्षे कार्यकालमा गुम्दी सल्यानटार, मार्पाक, गलौदी र जीवनपुर खेल मैदान निर्माणकार्य सम्पन्न ।
२०७१–२०७३ सम्मः दोस्रो जिल्ला सम्मेलनबाट जिल्ला सह सचिवमा पुनरनिर्वाचित ।
०७३ पुस २३ देखि २५ सम्म सम्पन्न देस्रो जिल्ला सम्मेलनबाट पुनः सह–सचिवमा निर्वाचित
०७३ माघ ६ गते सम्पन्न बैठकबाट जिल्ला पार्टी संचार विभागको इन्चार्ज ।
आवद्ध संघ संस्थाहरु
१. २०६९ देखि हाल सम्म रेडियो विहानी ९७.६ मगाहर्ज सम्वन्ध सहकारी सहिद स्मृति सहकारी संस्थाको उपाध्यक्ष एवम् रेडियो विहानी व्यवस्थापन समितिका अध्यक्ष ।
२. २०६९ देखि हाल सम्म महेन्द्र माध्यमिक विद्यालय नीलकण्ठ न.पा.–२, को विद्यालय व्यवस्थापन समितिको अध्यक्ष ।