फेसबुक, ट्विटर हेर्दै निर्वाचन आयोग

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख २६, २०७४

काठमाडौं बैशाख २६ । पहिलो तहको स्थानीय तह निर्वाचन आउन अब पाँच दिन मात्र बाँकी छ । निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगले निगरानी थालेको छ ।

राजनीतिक दल, सञ्चार माध्यमलाई मात्रै होइन सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि निर्वाचन आचारसंहिता लाग्ने आयोगले जनाएको छ ।

फेसबुक, ट्विटर, भाइबर, इमोजस्ता सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति चुनावी प्रचार प्रसारमा लागेका छन् ।

कुनै पनि दलको कार्यकर्ता या समर्थक सबैको आफ्नो फेसबुक र ट्विटर यतिबेला दलीय झन्डा र प्रचार प्रसारले रंगिएको छ । आजको नेपाल समाचारपत्रमा