धादिङमा नेपाली कांग्रेसको आजको चुनावी गतिविधि

Avatar photo
Dhadingpost
आइतवार, बैशाख २४, २०७४

धादिङ बैशाख २४ । आइतबार धादिङमा नेपाली कांग्रेसको चुनावी अभियान तीव्र भएको छ । नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै धादिङमा नेपाली कांग्रेसले चुनावी अभियान जनस्तरसम्म तीव्र बनाएको हो ।

जिल्लाका ११ ओटा गाउँपालिका र २ ओटा नगरपालिकामा एवं १०४ ओटै वडामा उमेद्वार सहितको टोलीले मतदाता भेटघाट,कोणसभा एवं आमसभा लगायतका कार्यक्रमहरु प्रभावकारी रुपमा गरिरहेको छ ।

नीलकण्ठको वडानं ९ र वडानं १० माउमेद्वार मतदाता भेटघाट तथा कोणसभा कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस धादिङका पार्टी सभापति रमेश धमला र नीलकण्ठ नगरपालिकाका नेपाली कांग्रेसका उमेद्वार भीमप्रसाद ढुंगाना लगायतका नेताहरुले कोणसभालाई संबोधन गर्नु भएको थियो ।

त्यस्तै धुनीबेसी नगरपालिकामा प्रमुखका उमेद्वार माधवराज पाण्डे र उपप्रमुखका उमेद्वार अप्सरा कोइराला सहितको टोलीले वडा नं.५ बट्टारेचौरमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

यस्तै त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं २ को विशालनगर आरुघाटमा मतदाता भेटघाट तथा कोणसभा सम्पन्न भएको छ । वडा नं ७ सुकौरा गणेशस्थानदेखी घरदैलो कार्यक्रम अहिले पनि उमेद्वार–मतदाता भेटघाट चुनावी अभियान तीव्र गतिमा भैरहेको छ । खहरे वडा नं ७ मा तरुणदलको भेला भइरहेको छ । नेपाली कांग्रेसका जुझारु नेता, लोकतान्त्रिक योध्दा अध्यक्षका उमेद्वार वासु तिमल्सिना एवं उपाध्यक्षका उमेद्वार जुझारु महिला नेतृ देविकुमारी बुर्लाकोटी र नेताहरु तिलक रुवाली, हरिराम बुर्लाकोटी, नवराज तिमल्सिना लगायतका नेताकार्यकर्ताको घरदैलो कार्यक्रममा बाक्लो उपस्थिति रह्यो ।

यसैगरी ज्वालामुखी गाउँपालिकामा अध्यक्षका उमेद्वार, २०६२-०६३ को जनआन्दोलनको घाइते एवं जनताको सुखदुखको सारथी विनोद तिमल्सेनाको नेतृत्वमा वडा नं ४ तीनघरेमा जनतासँगको भेटघाट कार्यक्रम भएको नरेन्द्र भट्टले जानकारी दिनु भयो । वडा नं.३ मैदी अमराईँ र वडा नं २ मा घरदैलो कार्यक्रम भएको छ । चुनावी अभियान तीव्र गतिमा सञ्चालन भइरहेको छ भने गाउँपालिकामा नेताहरु यमनाथ दनै, टीका काप्री , चिरञ्जीवी दनै, नरेन्द्र भट्ट र अृमता अर्याल गाउँपालिकाको समुन्नत विकासको लागि नेपाली कांग्रेसको जित आवश्यक भएको भन्दै लागि परेका छन् ।

त्यसैगरी रुवीभ्याली गाउँपालिकाकोवडा नं. ५मा गुनासो सुनुवाइ, मतदाता भेटघाट कार्यक्रम भएको छ ।रुवीभ्यालीमा चुनावी अभियानको क्रममा अन्य पार्टीको प्रचारभन्दा नेपाली कांग्रेसको प्रचार शैली र काम दुवै राम्रो भएको स्थानीय बासिन्दाले बताएका रुवीभ्याली गाउँपालिकाको नेपाली कांग्रेसका अध्यक्षका उमेद्वार कुलबहादुर गुरुङले बताउनु भयो । शिक्षा, स्वास्थ्य, पर्यटनको उत्थानको लागि र समग्र रुवीभ्याली गाउँपालिकाको विकासको लागि नेपाली कांग्रेसको भावी योजना बारे समेत नेपाली कांग्रेसको टोलीले चुनावी अभियानको क्रममा बताएको छ ।

खनियाबास गाउँपालिकाको वडा नं २ झार्लाङमा मतदाता भेटघाट तथा कोणसभा कार्यक्रम सम्पन्न भएको छ । खनियाबास गाउँपालिकामा अध्यक्षका उमेद्वार रणबहादुर तामाङ र उपाध्यक्षका उमेद्वार योमाया तामाङ लगायतका नेताहरुले स्थानीय जनतालाई कांग्रेसको नीति र घोषणापत्र बारे प्रष्ट पार्दै नेपाली कांग्रेसलाई किन मत दिन आवश्यक छ भन्ने विषयमा प्रष्ट पार्नु भयो ।

गजुरी गाउँपालिकाको वडा नं ७ मा उपाध्यक्षका उमेद्वार शर्मिला बिसुरालको अगुवाइमा घरदैलो कार्यक्रम भएको छ ।

ऐतिहासिक डपजोङ दरबार अवस्थीत नेत्रावती गाउँपालिकामा नेपाली कांग्रेसको वडा नं १,मार्पाक र वडा नं ५ कटुञ्जेमा नेता राकेश धमलाको उपस्थितिमा घरदैलो तथा मतदाता भेटघाटसम्पन्न भएको छ । अध्यक्षका उमेद्वार टेकजङ लामा र उपाध्यक्षका उमेद्वार आशामाया तामाङ सहितको टोलीले घरदैलो कार्यक्रम गरेको हो ।

आज बिहान गंगाजमुना गाउँपालिकाकोवडा नं ६, कार्कीगाउँ, लपुडाँडा,ढकाल गाउँमा घरदैलो कार्यक्रम भएको छ भने वडा नं.६ बसेरीमा आमसभा भइरहेको छ । अध्यक्षका उमेद्वार अकलबहादुर तामाङ र उपाध्यक्षका उमेद्वार दुर्गा दाहाल नेतृत्वको टोलीले चुनावी अभियानलाई तीव्र गतिमा अगाडि बढाइरहेको छ ।

बेनीघाट रोराङमा नेपाली कांग्रेसको चुनावी अभियान तीव्र गतिमा अगाडि बढिरहेको छ । यसैक्रममा नेपाली कांग्रेसका उमेद्वार देवीप्रसाद सिलवालको अगुवाइमा आज वडा नं ३मा कोणसभा सम्पन्न भएको छ ।

गल्छी गाउँपालिकामा अध्यक्षका उमेद्वार विनोदकुमार कार्कीको अगुवाइमा नेपाली कांग्रेसको टोली चुनावी अभियान लिएर जनताको घर आँगनमा पुगेको छ ।वडा नं २मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

थांक्रेमा ११ ओटै वडामा संबन्धित वडाका उमेद्वारहरुले आआफ्नो वडामा घरदैलो कार्यक्रम गर्दै जनतालाई आफ्नो चुनावी मुद्दाबारे प्रष्ट पारेका छन् ।

सिद्धलेक गाउँपालिकाको वडा नं ७, अमिल छाप, भैशे पोखरी, भालडाँडा, चामडाँडामा घरदैलो कार्यक्रम तथा कोणसभा कार्यक्रम सम्पन्न भएको छ ।