सिद्धलेकमा एमालेको घरदैलो, सिलवाल भन्छन्- हामी जित्छौ

Avatar photo
Dhadingpost
आइतवार, बैशाख २४, २०७४

धादिङ बैशाख २४ । सिद्धलेक गाउँपालिकामा एमालेले चुनावी प्रचार प्रसार व्यापक बनाएको छ । नलाङका स्थापित तथा एमाले भित्रका प्रभावशाली नेता प्रेमनाथ सिलवालले गाउँपालिका प्रमुखको लागि उम्मेदवारी दिए सँगै घर दैलो, प्रचार अभियानलाई तिब्र पारेको छ ।

घरदैलोको अभियानका क्रममा नलाङ पात्ले पुग्नु भएका गाँपालिका प्रमुखका उम्मेदवार सिलवालले धादिङपोष्टलाई भन्नु भयो- हिजो पनि एमाले मय भएको ठाउँ हो नलाङ, सलाङ र कुम्पुर, एमालेले जनताका लाई धेरै पसिना बगाएको छ यस क्षेत्रका जनताको लागि पटक पटक जिताएका पनि छन् अब पनि एमालेले नै जित्छ ।

जनताको काममा सहयोग गर्न हरक्षण उत्साहित हुने स्वभावका नेता सिलवाल यस अघि विभिन्न सामाजिक क्षेत्रमा रहेर काम गरि सकेका अनुभवी उम्मेदवार हुन् ।

नेकपा एमालेका त्यागी नेताहरु मधय पर्ने सिलवाल खरो स्वभावका छन्, त्यति नै शालिन पनि छन् । धादिङपोष्ट सँग कुरा गदै सिलवालले भन्नुभयो- यो गाउँपालिकामा एमालेलाई जित्न गाह्रो छैन हामी ढुक्क छौ, सिद्धलेपनि एमालेले हार्यो भने अन्त कहाँ जित्ला ? हामी नत्र भोज भतेर गछौं, नत पैसा नै बाड्छौ हाम्रा नीति एजेण्डा जनमुखि छन् जनतालाई हामी कहिल्यै धोका दिदैनौ मुख्य आधार यहि यो हामीले जित्ने ।

सिद्धलेकबाट एमालेका उम्मेदवारहरु