थाँक्रे पछि धुनीबेसीमा उम्मेदवारको २ वटा गाडीमा आगजनी

Avatar photo
Dhadingpost
आइतवार, बैशाख २४, २०७४

धादिङ बैशाख २४ । शनिबार राती धुनीबेसी नगरापलीकामा काँग्रेस उम्मेदवारको २ वटा गाडीमा आगजनी गरिएको छ ।

नैपाली काँग्रेस धुनीबेसी नगरपालिका वडा ५ बद्रीटार सम्पर्क कार्यलय परिसरमा पार्किङ गरि राखेको २ वटा गाडी राती करीब ११ बजे तिर अज्ञात समुहले आगजनी गरेको बताइएको छ ।

बा १२ च १२७६ नम्बरको भाडाको बोलेर गाडी र बा ३ च १७०३ को नीजिकार मा आगजनी गरिएको घटना स्थलबाट नेपाली काँग्रेका धुनीवेसी वडा ५का अध्यक्षका उम्मेदवार नवराज धितालले बताउनु भयो ।