धादिङबेसी धादिङबेसी बैशाख २४ । एबिसी टेलिभिजनका धादिङ संवाददाता रमेश आचार्य यतिबेला धुनिबेसी नगरपालिका वडा ६ मा भोट माग्न व्यस्त छन् । वडा अध्यक्षका उम्मेदवार आचार्य प्रेस सेन्टर ३ प्रदेशका सहसचिव हुन् लामो समय देखि धादिङमा रहेका काम गरेका आचार्य अहिले माओवादी केन्द्रबाट धुनीबेसी नगरपालिका ६ को वडा अध्यक्षका उम्मेदवार हुन् । उम्मेदवारी दिइसकेपछि सार्वजनिक गरेका प्रतिवद्धताले वडा छ तालेको छ स्थानियहरु भन्न थालेका छन् काम गर्ने र जनताको काममा खट्ने वडा अध्यक्ष रमेश आचार्यलाई बनाइन्छ । रमेश आचार्यमय बनाउने प्रतिवद्धता कस्तो छ त ? जस्ताको तस्तैः
धुनिवेशी नगरपालिका वडा नं.–६, अध्यक्षपदका उम्मेदवारको प्रतिबद्धता पत्र
युवा शक्ति, जोस, उत्साह र जाँगर । अग्रजको सल्लाहमा विकास हुनेछ धुनिवेशी ६ नम्बर ।।
आदरणीय आमा, वुवा दाजुभाई तथा दिदी वहिनीमा सर्व प्रथम नमस्कार !
मुलुक यतिवेला जनयुद्ध, जन आन्दोलन र दुई पटकको संविधान सभा निर्वाचन हुँदै गणतन्त्र नेपालको नयाँ संविधान कार्यान्वयन गराउने लक्ष्यका साथ अघि बढी रहेको छ । करिव २० वर्ष देखि जनप्रतिनिधि विहिन स्थानिय तहको निर्वाचन मुलुकको नयाँ संरचना अनुसार हुन गई रहेको छ । जनयुद्धका वेला मात्र होईन ०६२-०६३ को जनआन्दोलनमा पनि परिवर्तनको लागि ठुलो भुमिका यस वडा बासिले खेलेको सर्ववितितै छ । राजधानी सँग जोडिएको धुनिवेशी नगरपालिका आफैंमा महत्वपूर्ण छ । अझ यस वडा त दिन प्रतिदिन वढ्दो सहरिकरण र औद्योगिकरणको कारणले गर्दा झन् उच्च महत्वमा छ । कृषि क्षेत्रमा समेत पकड रहेको यस वडा राज्यको भर्खरै भएको पुर्नसंरचनाबाट नगरपालिका वनेपनि नगर भित्र हुनु पर्ने न्युनतम पूर्वाधारहरु समेत पुरा हुन सकिरहेको छैन ।
जनयुद्ध र जनआन्दोलन पछि गाणतन्त्र नेपालमा मुलुक भरि विकास निर्माणमा गति लिन नसकिरहेको प्रभाव हाम्रो धुनिवेशी नगारपालिका वडा नं. ६ मा पनि प¥यो । यतिवेला नयाँ संविधान घोषणा भई प्रादेशिक संरचना निर्माण सँगै स्थानिय तहको निर्वाचन हुन गईरहेको सन्दर्भमा अबको निर्वाचनबाट निर्वाचित हुने स्थानिय जनप्रतिनिधिको दायित्व र जिम्मेवारी महत्वपूर्णका साथै विशेष प्रकारको हुनेछ । यसका लागि मेरो तर्फबाट ‘युवा शक्ति, उत्साह,जोस र जाँगर, अग्रजको सल्लाहमा विकास हुनेछ धुनिवेशी ६ नम्बर’ भन्ने मुल एजेण्डालाई नेकपा (माओवादी केन्द), म र मरो प्यानलको विजय पछि शिरोधार्य गर्नेछौं । यसका लागि तल उल्लेखित योजनाहरु हामी निर्वाचित भए पछि पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
वडा अध्यक्ष रमेश प्रसाद आचार्यको विभिन्न कार्यहरुमा संलग्नता:
१. २०५३ देखि तत्कालिन नेकपा (माओवादी) पार्टी सदस्य,
२. २०६३ देखि २०७१ सम्म नेकपा (माओवादी केन्द्र) धादिङ जिल्ला कमिटि सदस्य तथा २०५४ देखि २०६५ सम्म नेकपा माओवादी नौविसे गाउँ कमिटिको प्रमुख ।
३. २०६५ देखि २०६९ सम्म नेकपा माओवादी गाउँ कमिटि अध्यक्ष
४. श्री मच्छिन्द्र उच्च मा.वि खानीखोलाको व्यवस्थापन समिति पुर्व अध्यक्ष
५. मच्छिन्द्र बहुमुखी क्याम्पस खानीखोलाको व्यवस्थापन समिति पुर्व सदस्य
६. २०५४ साल देखि २०७४ सम्म जनादेश सप्ताहिक र जनदिशा दैनिक, ए.वि.सि. टेलिभिजन, रेडियो विहानी लगाएतका सञ्चार माध्ययमा आवद्ध ।
७. नेपाल पत्रकार महासंघको पुर्व केन्द्रिय पार्षद ।
८. क्रान्तिकारी पत्रकार संघ धादिङको पुर्व उपाध्यक्ष एवम् प्रेस सेन्टर नेपाल ३ नंम्बर प्रदेशको हाल सह–सचिव
९. जनयुद्धको क्रममा पटक पटक सेना द्धारा पक्राउ गरी वेपत्ता तथा एक वर्ष जेल जीवन विताएको
प्रतिवद्धताहरुः–
१. जनजातिको भेषभुषा, साँस्कृतिक रितिरिवाज र संस्कृतिको संरक्षण प्रचार प्रसार र यस सास्कृतिक माध्यमबाट पर्यटक भित्र्याउने ठोस निति बनाईने छ ।
२. वडा भित्रका ठुला कलकारखालाहरुलाई व्यवस्थापन गर्दै उद्योगवाट निस्कने प्रदुषणको न्युनिकरण सँगै नगरपालिका भित्रका उद्योगबाट निस्कने प्रदुषण अन्त्यको लागि पहल गरिने छ ।
३. वडा वासिको स्वाथ्यलाई मध्यनजर गर्दै ठुला उद्योग वडा कार्यलय र नगर कार्यलयको सहकार्यमा हरेक नागरिकको सघन स्वास्थ्य परिक्षण निःशुल्क गर्ने व्यवस्था गर्ने ।
४.वडा भित्र रहेको बेरोजगारीको समस्या समाधानको लागि यहाँ भएका उद्योगमा राखिने कर्मचारीहरु आवश्यकता अनुसारको तालिमको व्यवस्था गराई रोजगारीको व्यवस्थाका लागि पहल गरिनेछ ।
५. वडामा हरेक नागरिकले तत्काल सुविधा पाउने गरी एक सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने र उक्त अस्पतालमा यस वडाका नागरिकलाई सेवा दिईनेछ ।
६. यस वडाको ठुला वजार धार्के, चालिसे, नौविसे लगायतका फोहोर मैला व्यवस्थापन गर्दै बजारलाई ग्रिन सिटीको रुपमा विकास गरिनेछ ।
७. खानेपानिको अभाव भएका केही वस्तिमा एक वर्ष भित्र पर्याप्त खानेपानिको व्यवस्था गरिनेछ ।
८. अहिले भएको अव्यवस्थित खानेपानि वितरणलाई एक घर एक धाराको नीति बनाई काम गरिनेछ ।
९. ग्रामिण सडक नपुगेको वस्तिहरुमा तत्काल सडक पु¥याईने छ ।
१०. वडा भित्रका हाल भईरहेका मोटरबाटोलाई स्तरोन्नती गर्दै धुलो रहित बनाईनेछ ।
११. वडा भित्रका कलकारखाना र विभिन्न संघ संस्था बाट वडा वासिका साथै गाउँ समाजमा पर्न गएको असहज र असुविधालाई तत्काल अन्त्य गर्न लगाईने छ ।
१२. युवाहरुलाई लक्षित गर्दै वडा भित्र एउटा व्यवस्थित खेल मैदानको साथै विभिन्न खेलकुद सामाग्रीले सम्पन्न कर्वड हलको निर्माण गरिनेछ ।
१३. यस वडाको धार्मिक पर्यटकिय स्थलको रुपमा रहेको कालिदेवि मन्दिरलाई व्यवस्थित गर्दै यस क्षेत्रलाई पर्यटकिय स्थल बनाईनुका साथै होमस्टे संचालन गरी आय आर्जनका लागि पहल गरिने छ । वडा भरिका धार्मिक स्थलहरुको संरक्षण तथा प्रचार प्रसार गरिनेछ ।
१४. यस वडा भित्र हरेक गाउँ वस्तिमा थ्री फेज लाईनको विस्तार गरी प्रचण्ड सरकारको उज्यालो नेपालका निती कार्यान्वयन गर्दै उद्योग संचालन गर्न सकिने विद्युतीकरणको व्यवस्था गरिने छ ।
१५. यस वडा भित्र रहेको कृषि बजार चालिसेलाई ब्यवस्थित संचालनको लागि पहल गर्ने, जसका कारण यस वडा सँगै नगर भरिकै कृषकलाई सहज पुग्ने छ ।
१६. वडा भित्रका कृषी पेशामा आवद्ध सम्पूर्णलाई राज्यको निती अनुरुप सुविधा सम्पन्न पार्दै वित्तिय संस्थाबाट प्रदान गरिने कृषि ऋण कृषकले कुन शिर्शकमा लिएको हो उक्त वालि वा उत्पादन भए पछि रिणको सावाँ व्याज तिर्न पाउने व्यवस्थाको लागि पहल गर्ने ।
१७. भुकम्प पछि राज्यले दिने राहत र पीडितलाई गरिने वर्गिकरणमा अझ सम्म पनि कतिपय वडा वासीहरु बन्चित हुनुपरेको अवस्था छ । यसका लागि जनप्रतिनिधिको रोवहरमा पुनरावलोकन गरि तत्काल उचित राहत र क्षतिपूर्तीको लागि पहल गर्ने ।
१८. भुकम्प पीडितले घर बनाउने भनेको आफु वस्नका लागि भएकोले राज्यको झण्झटिलो नितीलाई सहज गराउँदै राज्यले दिने अनुदान एक मुष्ट अग्रिम दिई त्यसको अवलोकन गर्ने व्यवस्थाको पहल गरिने छ ।
१९. वडा भरिका सामुदायिक विद्यालयलाई अंग्रेजी माध्यम सँगै गुणस्तरिय शिक्षाको व्यवस्था गरिनेछ ।
२०. वडा भरिको शैक्षिक संस्थाहरुको संरचनाहरुलाई व्यवस्थित, महिला मैत्री र अपाङ्ग मैत्रि बनाईने छ । साथै महिला शसक्तिकरणको लागि विभिन्न कार्यक्रमहरु संचालन गरिनेछ ।
अन्त्यमा मानव जीवन यापनको क्रममा आवश्यकताहरु जति हल हुन्छ र त्यहि तुलनामा थपीने क्रम पनि जारी हुन्छ । यसको समाधान भनेको ठोस कार्ययोजना नै हो । त्यसैले हरेक विकाशका पूर्वाधार निर्माणका लागि आर्थिक सँगै ठोस योजनाको आवस्यकता पर्ने हुनाले मेरो कार्यकालमा हरेक कार्यका लागि ठोस तथा वैज्ञानिक एवम् प्रभावकारी जनपक्षिय योजना वनाई कार्यान्वयन गरिनेछ । जुन योजनाले वडा भित्र गरीने हरेक विकास निर्माणहरु विचमा अलपत्र नभई निश्चित अनि तोकिएको समयमा सम्पन्न गरिने छ । म र हाम्रो पार्टी नेकपा (माओवादी केन्द) बाट प्रस्तावित उम्मेदवारहरुको प्यानलको विजय पछी वडा वासीलाई दिईने सेवा सुविधा मा कुनै कसर बाँकि नराखी अहोरात्र खटिने प्रतिवद्धता व्यक्त गर्दुछु ।
हार्दिक अभिभादन सहित, धन्यवाद !
वडा अध्यक्ष पदको उम्मेदवार
रमेश प्रसाद आचार्य
धुनिवेशी नगरपालिका वडा नं. ६