धादिङ बैशाख २४ । धादिङको ज्वलामुखि गाउँपालिका अन्तरगत साविकको चैनपुर गाविसका युवा उम्मेदवार भन्छन् यस अघि एमालेको पकडका रुपमा चैनपुरलाई चिनिन्थ्यो होला अब चैनपुर बदलिसक्यो माओवादी केन्द्रले जित्छ ।
एमालेका प्रखर नेताहरु खेम लोहनी, गुरुबुर्लाकोटी, खेमपाठकहरु जस्ता नेताहरु रहेको यस चैनपुर ज्वालामुखी गाउँपालिका बने सँगै ६ र ७ वडामा विभाजित बनेकाको छ । एमालेलाई चुनौति बनेको माओवादी केन्द्रको दुई उम्मेदवार हुन् माधव छत्कुली र सुदर्शन इटनी ।
माधव छत्कुली वडा ६ बाट भनि रहेका छन् समृद्ध चैनपुर एमालेले बनाउने होइन अब हामी युुवाहरुले बनाउने हो सुशासनबाट हारेका र भ्रष्ट, जनताका जीवनी र आर्थिकी भन्दा आफ्नै व्यक्तिगत उन्नती तर्फ लाग्नेहरुलाई जनताले यसपटक राम्रै सँग फैसला गर्दैछन् ।
यस्तै एमालेका लागि चुनौती बनि रहेका उम्मेदवार हुन् वडा ७ का सुदर्शन इटनी जनताको सुख दुख, पिडा अनि समस्यालाई साथ दिने हामी युवा हौँ हिजो चैनपुरवासीले जिताएकाहरुको आर्थिक हैसियत चैनपुर रहने छैन त्यसैले जनता इमान्दार सक्षम, कर्मनिष्ठ, निस्वार्थ भावना भएका व्यक्तिलाई जिताउन चाहान्छन् त्यसैले आफ्नो उम्मेदवारी गाउँ विकास र सहकार्यका लागि भएको बताउँछन् ।