एमाले धादिङले प्रचारलाई तिब्रता दियो

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २३, २०७४

धादिङ, बैशाख २३ । नेकपा एमाले धादिङले जिल्लाका १३ वटै स्थानीय निकायमा चुनावी प्रचारलाई तिव्र पारेको छ ।

अभियान अन्र्तगत शनिबार धुनिबेशी नगरपालिकाको वडा नम्बर ५ अमलेचौरमा चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै धुनिबेशी नगरपालिकामा एमालेको तर्फबाट मेयरका उम्मेदवार वालकृष्ण आचार्यले धुनिबेशीलाई देशकै उत्कृष्ठ र नमुना नगर बनाउनको लागि आफु जस्तोसुकै परिस्थितिमा पनि प्रतिबद्ध रहेको बताउनु भएको थियो ।

यता बेनिघाट रोराङ गाउपालिकामा पनी एमालेले चुनावी सभा र घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । गाउपालिका अन्तर्गत जोगिमाराको थिङवाङमा चुनावी सभा सम्पन्न गर्दै अध्यक्षका उम्मेदवार गिरिराज कडेल, उपाध्यक्षका उम्मेदवार मायादेवी शर्मासहितको टोलिले विभिन्न वडामा घरदैलो गरेको छ ।

चुनावी अभियान अन्तर्गत शनिबार निलकण्ठ नगरपालिकामा मेअरका एमाले उम्मेदवार अर्जुन कुमार श्रेष्ठ र उपमेअरका उम्मेदवार गंगादेवी श्रेष्ठ सहितको टोलिले वडा नम्बर १ को धुसेनी र वडा नम्बर ५ को फ्याक्सेमा चुनावि सभा संगै घरदैलो अभियान सम्पन्न गरेका छन् ।
यस्तै सिद्धलेक गाउपालिकाको ठाँटीभञ्ज्याङमा पनि चुनावी सभा सम्पन्न भएको छ । सिद्धलेक गाँउपालिकामा नेकपा एमालेका तर्फबाट गाउँपालिका प्रमुखका उम्मेदवार प्रेमनाथ सिलवाल, उपप्रमुखका उम्मेदवार कमला शर्मा सहितको टोलिले ठाँटीभञ्ज्याङमा चुनावी सभा संगै घरदैलो कार्यक्रम गरेको हो ।

चुनावी अभियानकै क्रममा एमालेले खनियाबास गाउपालिकाको वडा नम्बर ५ मा घरदैलो कार्यक्रम गरेको छ । एमालेको तर्फबाट खनियाबास गाउपालिका प्रमुखका उम्मेदवार प्रदिप फ्युवा तामाङ र उपप्रमुखका उम्मेदवार शुष्मा तामाङ सहितको टोलि घरदैलो कार्यक्रममा रहेको थियो ।