धादिङ बैशाख २३ । नीलकण्ठ नगरपालिकाको मेयर बन्नको लागि बिभिन्न राजनैतिक दलका उम्मेदवार मध्य भिमप्रसाद ढुङ्गाना एक हुन् । मुरलीभञ्ज्याङका पूर्व अध्यक्ष समेत रहेका ढुङ्गाना यतिबेला चुनावी घरदैलो अभियानका क्रममा छन् ।
कक्षा ७ मा पढ्दै गर्दाबाट नेबिसंघको जिल्ला सदस्य बन्न सफल भएका उनी नेपाली कांग्रेस धादिङका प्रभावशाली नेता हुन् ।
लामो समयदेखि राजनीतिमा सक्रिय उनी २०४९ र २०५४ सालमा तत्कालिन मुरलीभञ्ज्याङ गाविसबाट गाविस अध्यक्ष बन्न सफल भएका थिए । स्थानिय निकायमा लामो समय काम गरेको अनुभब भएका उनी गाविस राष्ट्रिय महासंघको महासचिब समेत हुन् । विभिन्न सरकारी र अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरु संग निकटतम संबन्ध रहेका उनी स्थानिय क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ भन्ने जानकार समेत हुन् ।
विभिन्न सरकारी र गैरसरकारी क्षेत्रसंग समन्वय गरि धादिङ लगायत अन्य जिल्लामा समेत विकासको लहर पु¥याउन सफल उनी विकास प्रेमी नेताको रुपमा चिनिन्छन् । धादिङ जिल्लामा खानेपानी तथा सरसफाई, भुकम्प पछि आवास निमार्ण, भुकम्प पिडितको लागि जिविकोपार्जन कार्यक्रम, आपतकालिन राहात वितरण, सिंचाइ कुलो निमार्ण, सडक विस्तार तथा निर्माण, सिपमुलक तालिम संचालन, लघु उद्यमी विकास लगायत ग्रामिण क्षेत्र विकासको लागि धेरै महत्वपुर्ण काम गर्न सफल ढुङ्गानालाई मेयर पदको लागि माओवादी केन्द्रले समेत सघाउने भएको छ ।
नलिकण्ठमा उनले गरेको विकास निमार्णका केही उदाहरण
—पतेनि चमेरो गुफा सडक स्तरोन्ती तथा विस्तार
—देउराली खानेपानी आयोजना खाल्टे
—कुमाल गाँउ खानेपानी आयोजना साँकोस
—चिलाउनेबाटे सिँचाई आयोजना सुनौला बजार
—सुकौरा बेसि सिँचाई आयोजना
—प्लास्टिक घर निमार्ण तरकारी विउविजन सहयोग
—सडक बोर्ड मार्फत ग्रामिण सडक विस्तार
—३ लाख लिटर क्षमताको धादिङ जिल्लाकै ठुलो रामकोट खानेपानी ट्याङ्की निर्माण
—गैराबारी खानेपानी आयोजना मुरलीभञ्ज्याङ
—विद्यालयहरुमा खानेपानी तथा शौचालय निर्माण
—जिविकोपार्जनको लागी हेफर परियोजना अन्र्तगत १४०६ घरधुरीको लागि १५००० वितरण
—साङ्कोस मुरलिभञ्ज्याङ जोड्ने आसिखोला झोलुङ्गे पुल निर्माण
—जुरेथुम लिफ्ट खानेपानी आयोजना