ज्वालामुखिका प्रमुख विनोद तिमल्सिना भन्छन्- हामी विजय उन्मुख छौं

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २३, २०७४

धादिङ बैशाख २३ । नेपाली काँग्रेस धादिङका नेता तथा ज्वालामुखि गाउँपालिकाका अध्यक्षका उम्मेदवार विनोद तिमल्सेनाले विजय उन्मुख रहेको बताउनु भएको छ । नेपाली काँग्रेस र माओवादी केन्द्र बीच प्रमुख पदको लागि तालमेलभएपछि जीतको नजिक पुगेको धादिङपोष्ट सँग बताउनु भएको हो ।

ज्वालामुखिमा नेपाली काँग्रेसका तिमल्सेनालाई माओवादी केन्द्रले सहयोग गर्ने र उपप्रमुखमा माओवादी केन्द्रका विष्णुकुमार श्रेष्ठलाई काँग्रेसले सहयोग गर्ने गरि तालमेलभए सँगै आफुहरु बलियो भएको तिमल्सिना बताउनु भयो ।

विनोद तिमल्सिनाको विगत
बराहकालीका माविबाट नेविसंघको राजनीति सुरु गुर्न भएका विनोद तिमल्सेना माविमा सचिव, उमावि आरआर क्याम्पसमा उपाध्यक्ष हुँदै वि।सं २०५० सालमा नेविसंघ धादिङ जिल्ला कार्यसमिति सदस्य हुनुहुन्थ्यो । २०५८ सालमा नेपाल तरुण दल धादिङको सचिव हुनु भएको उहाँ वि. सं. २०५९ मा तरुण दल धादिङको अध्यक्ष हुनुहुन्थ्यो ।

उहाँले दुई कार्यकाल बलियो नेतृत्व गर्नु भयो, वि.सं. २०६२ सालमा नेपाली कांग्रेस धादिङ क्षेत्र नं २ को सभापति हुनु भएका उहाँले दुई कार्यकाल आफ्नो सफल नेतृत्व प्रदर्शन गर्नु भयो । यस्ता जुझारु नेता, लोकतान्त्रिक योध्दा वि. स. २०७२ को १३ औं जिल्ला अधिवेशन पछि नेपाली कांग्रेस धादिङको सचिव ।