सबै जसो गाउँपालिकामा, दलहरुले चुुनाव जित्नका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरि रहेका छन् । यसैक्रममा रेडियो छापा तथा अनलाइन क्षेत्रमा पत्रकारिता गर्दै आउनु भएका ठाकुर गुरुङले नेत्रावती गाउँपालिकाको प्रमुख पदको लागि उम्मेदवारी दर्ता गर्नु पूर्व सन्ध्यामा नेत्रावती गाउँपालिकामा आफुले जित्नुपर्ने कारण सहित प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् ।
प्रतिवद्धतापत्रको मुख्य अंशहरुः राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक पटक गर्दै आएको ऐतिहासिक जनआन्दोलन, १० वर्षे महान जनयुद्ध, त्याग र वलिदनको गौरवपूर्ण इतिहासलाई स्मरण, सहिद, वेपत्ता र पीडित नागरिकहरुलाई सम्मान गर्दै नेपाल स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई कायम राख्दै सिंहदरबारको सार्वभौम अधिकार जनताको घरदैलोसम्म ल्याई दिनेकाम माओवादी केन्द्रले नै गरेको हो भन्नेमा दुइमत छैन ।
त्यसैले स्थानीय सरकार निर्माण गरि २० वर्ष सम्मको कर्मचारीतन्त्र अन्त्य गर्न २०७४ साल बैशाख ३१ गते हुन लागिरहेको चुनावमा सहि उम्मेदवारको छनौट गरी हामीले हामी मार्फत नै सत्ता सञ्चालन गर्ने जिम्मा लिने आँट गर्नुपर्दछ । तसर्थ “जनताको घर–घर जाउँ माओवादी केन्द्रको हँसिया हतौडा अंकित गोलाकार चिन्हभित्र मतदान गरि माओवादी केन्द्रलाई विजयी गराऔं” भन्दै हामी तपाईहरुको घरदैलोमा आएका छौं । त्यसैले नेकपा माओवादी केन्द्रको जीत सुनिश्चित भएकाले तपाई हामी एक भएर माओवादी केन्द्रलाई विजयी गराऔं र नेत्रावती गाउँपालिकालाई नमुना गाउँपालिका निर्माण गरी सम्वृद्ध बनाउन हामीले निम्न आधारहरु तय गरेका छौं र ५ वर्ष भित्र उक्त कार्यगरी जनता समक्ष मात्र नभई धादिङका गाउँनगरपालिका मध्ये सर्वश्रेष्ठ गाउँपालिका बनाउन विजय पश्चात निम्न कार्यहरु गर्ने प्रतिवद्धता व्यक्त गरेका छौं ।
यातायात तथा विद्युततर्फ
१. शाखा सडकहरु मध्येः
क. किन्ताङफेदी, धोकरपुर हुँदै मार्पाक पोखरा सम्म सडक निर्माण
ख. भोटे पँधेरा वेतिनी महुत हुँदै तिखाढुङसम्म सडक निर्माण तथा स्तरोन्नती
ग. महुत पोल्चेत मार्पाकसम्म सडक निर्माण तथा स्तरोन्नती
घ. सेल्ले लपाङगाउँ, धाराधिरी तिखाढुङसम्म सडक निर्माण
ङ. चौतारा गैरा वाकापोखरीसम्म सडक स्तरोन्नती गर्ने
२. किन्ताङफेदी, लपाङ, टोड्के बाहुनगाउँ, घोरमु, थर्पुभञ्ज्याङ, चौतारा, मार्पाक पोखरा, कोसिन्चेत, धोकरपुर हुँदै पुनः किन्ताङफेदी सम्म रिङरोडको व्यवस्था गरी यातायात सञ्चालन गर्ने ।
३. विजुली वत्ति नपुगेको ठाउँमा वत्ति पु¥याउने र काठको पोल भएको ठाउँमा फलामको पोल राख्ने व्यवस्था गर्ने ।
शिक्षा, खेलकुद तथा युवातर्फ
१. गाउँपालिका भित्रका सबै विद्यालयहरुमा दरवन्दीको व्यवस्था गरि कम्प्यूटर सहित इन्टरनेट जडान गर्ने ।
२. वेरोजगार युवाहरुलाई रोजगारीमा संलग्न गराउने तथा गाउँपालिका भित्र हुने विभिन्न क्षेत्रमा अन्दाजी ५०० जना युवा युवतीहरुलाई रोजगार दिने व्यवस्था गर्ने ।
३. निजी श्रोत र बाल शिक्षामा कार्यरत शिक्षक शिक्षिकाहरुकालागि आन्तरिक श्रोतबाट थप पारिश्रमिकको व्यवस्था गर्ने ।
४. खेलकुदको विकास गर्न वडागत रुपमा एक/एक खेलमैदान सहित आन्तरिक र वाह्य खेलसामग्रीहरुको व्यवस्था गर्ने र गाउँपालिकाको मध्य भागमा रंगशाला निर्माण गर्ने ।
५. गाउँपालिका भित्र प्राविधिक शिक्षालय र एक उच्च शिक्षा अध्ययन गर्ने क्याम्पस सञ्चालन गर्ने ।
६. गाउँपालिका भित्रका सरकारी विद्यालयहरुलाई नीजि विद्यालयको शिक्षाको गुणस्तरसँग स्वच्छ प्रतिस्पर्धा गर्नसक्नेगरी आवधिक योजना निर्माण गरी लागु गर्ने ।
महिला बालबालिका तथा स्वास्थ्य तर्फ
१. बजारक्षेत्रमा सार्वजनिक सौचालयको व्यवस्था गर्ने ।
२. प्रत्येक घर घरमा सुद्ध पिउने पानीको व्यवस्था गर्ने ।
३. प्रत्येक वडामा स्वास्थ्य सेवा सहित गाउँ पालिका भित्र विशेषज्ञ डाक्टर सहित अस्पताल निर्माण गर्ने ।
४. महिला स्वयंसेविका तथा आमा समूहहरुमा संलग्न महिलाहरुकालागि मासिक रु ५०००।( भत्ताको व्यवस्था गर्ने ।
५. गरिवीका रेखामुनी रहेका सम्पूर्ण महिलाहरुलाई सुत्केरी खर्चमा आन्तरिक श्रोतबाट थप आर्थिक व्यवस्था गर्ने ।
६. बालबालिकाहरुलाई मनोरञ्जन प्रदान गर्न आवश्यक ठाउँमा बालउद्यानको व्यवस्था गर्ने ।
७. सबैमा स्वास्थ्य सेवा पु¥याउन गाउँपालिका भित्र एक सुविधासम्पन्न एम्बुलेन्सको व्यवस्था गर्ने ।
८. स्वास्थ्य सेवा अन्तरगत गरिव तथा असहाय बालबालिकाहरुका लागि आन्तरिक श्रोतबाट पौष्टिक आहारको व्यवस्था गर्ने ।
वृद्ध वृद्धा तथा अपाङ्गताः
१. वृद्ध, अपाङ्ग, एकल महिला र असहाय बालबालिकाहरुका लागि मासिक रु ५०००।( सम्मको भत्ताको व्यवस्था गर्ने ।
२. प्रत्येक १०० घरको विचमा वृद्ध वृद्धाहरुकालागि सामुदायिक भवन निर्माण गरी मनोरञ्जनका साधन, पुस्तकालय र वाचनालयको व्यवस्था गर्ने ।
कृषि तथा पर्यटनः
१. वाका पोखरी संरक्षण सहित गैरा लेकलाई पर्यटन क्षेत्रको विकास र संरक्षण गर्ने साथै महाभिरचुलीलाई पनि पर्यटक क्षेत्र निर्माण गर्ने ।
२. मार्पाक पोखरा हुँदै सेमजुङसम्मको वन क्षेत्रमा जडिवुटीखेतीको एकीकृत विकास गर्ने ।
३. पशुपंन्छिपालन तरकारी तथा फलफुल खेतीको पकेट क्षेत्र घोषणा गरि कृषि विकासमा अनुदानको व्यवस्था गर्ने ।
४. डापजंग दरबारलाई उत्खनन गरी पुरातात्विक विभागमा अभिलेखीकरण गरी पुनः निर्माण गर्ने र पर्यटन विकासमा जोड दिने ।
५. नेत्रावती गाउँपालिका भित्र भ्यू टावरको निर्माण गर्ने ।
६. यस गाउँपालिका भित्रका सबै वडाहरुमा गाइ भैंसी फार्म खोली दुग्ध व्यवसाय र चिस्यानकेन्द्र खोल्ने र गाउँपालिकाको केन्द्रभागमा दुग्दजन्य उद्योग संचालन गर्ने ।
७. बेरोजगारहरुलाई कृषि उत्पादनमा संलग्न गराउन रु ५,००,०००। सम्म ऋण उपलब्ध गराउँदै नमुना कृषक छनौट गरी पुरस्कृत गर्ने साथै पकेटक्षेत्र स्थापना गर्दै जाने ।
८. भ¥याङभुरुङ स्थित महादेव मन्दिरको संरक्षण तथा पर्यटन विकासमा विस्तार गर्ने
आर्थिक विकास:
१. नेत्रावती गाउँपालिका वडा नं. १ को खानिगाउँमा तामा खानी पुनः उत्खनन गर्न भुगर्व विभागमा पहल गर्ने ।
२. नेत्रावती नदीको ढुङ्गा, गिटी, बालुवाको कर असुली गरी आर्थिक विकासमा जोड दिने ।
३. नेत्रावती गाउँपालिका अन्तरगत डापजंग एफ एम रेडियो संचालन गर्ने ।
४. गाउँपालिकामा एउटा बैंक र प्रत्येक वडामा शाखा विस्तार गर्न पहल गर्ने ।
शान्ति सुरक्षा
१. शान्ति सुरक्षाकालागि प्रत्येक वडामा प्रहरी चौकिको व्यवस्था गर्ने ।
२. गाउँपालिकाको आन्तरिक श्रोतबाट गाउँ वा वडा प्रहरी गठन गरी सामाजिक वातावरण खलल हुन नदिन योजना निर्माण गरी कार्यान्वयन गर्ने ।
वन तथा वातावरण संरक्षण:
१. लपाङ, लामिडाँडा, सेमजोङगैरा लगायत विविध स्थानमा गएको पहिरो रोकथाम गरी वृक्षारोपण गर्ने ।
२. जलबायु परिवर्तनको असरलाई कम गराउने हेतुले नाङ्गा डाँडामा वृक्षारोपण गरी वन संरक्षणमा जोड दिने ।
३. लपाङ खोला, किन्ताङ खोला, आँखु खोला, भ¥याभुरुङ स्थित थोपल खोलाको कटान रोक्न तटवन्ध निर्माण गर्ने ।
४. वन्यजन्तु संरक्षणको लागि विशेष निती बनाई कार्यान्वयनमा लैजाने ।