त्रिपुरासुन्दरीमा कांग्रेसको प्रचार-प्रसार तिब्र

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २३, २०७४

धादिङ बैशाख २३ । स्थानिय तहको निर्वाचनको मिति नजिकिदैं जॉंदा राजनीतिक दलहरुको प्रचारप्रसार पनी ह्वात्तै बढेको देखिएको छ ।
जिल्लाको त्रिपुरासुन्दरी गॉंउपालिकामा अरू गॉंउपालिकामा भन्दा प्रचार प्रसारमा अगाडी देखिएको छ ।

१९ गते औपचारिक रुपमा मनोनयन दर्ता गरेर औपचारिक प्रचार थालेको नेपाली कांग्रेसले पालिक भित्रको सबै वडाको टोलटोलमा कोणसभ गर्नेगरी आफ्नो कार्यक्रम तय गरेको छ । उक्त कोणसभामा त्रिपुरासुन्दरी गॉंउपालिकाको कांग्रेसका नेताहरू तिलक रुवाली, फणिकान्त छत्कुली, हरिराम बुर्लाकोटी अध्यक्षका उम्मेद्वार वासु तिमल्सिना, उपाध्यक्षको उम्मेद्वार देबि कुमारी बुर्लाकोटी सहितको टोलिले सम्बोधन गर्ने कार्यक्रम राखिएको निर्वाचन प्रचारप्रसार संयोजक नवराज तिमल्सिनाले बताउनु भयो ।

७ वटा वडा रहेको यस त्रिपुरासुन्दरी गॉंउपालिकमा प्रत्येक वडामा निर्वाचन प्रचार प्रसार समिति बनाएर सबै वडाको वडा अध्यक्षको नेतृत्वमा हरेक मतदाताको घर घरमा पुगेर कांग्रेसको राष्ट्रिय एजेण्डाको बारेमा र स्थानिय निर्वाचनमा कांग्रेसलाई मतदान गर्नुपर्ने बिषयमा जानकारी गराउदैं नेपाली कांग्रेसको पक्षमा देखिएको जनलहरलाई उच्च सम्मान गर्नेगरी अगाडी बढेको संयोजक नवराज तिमल्सिनाले जानकारी दिनुभएको छ ।