धादिङ बैशाख १२ गते । धादिङ जिल्लाका विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु पक्राउ परेका छन् ।
शुक्रबार राती मलेखुबाट ताल्ती हिडेका १२ जनालाई गुम्बा डाडाँबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
प्रहरीले को को पक्राउ गरिएको केहि नवताए पनि १२ जनालाई हिरासदमा छन् अहिले को-को हुन पछि सार्वजनिक गरिने प्रहरीले बतायो पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय गजुरीमा राखिएको छ ।
नेकपा धादिङका सेक्रेटरी रामहादुर श्रेष्ठले धादिङका १२ जना आफना जिल्ला नेताहरुलाई गत राती ताल्तीबाट प्रहरीले पक्राउ गरेको बताए । जिल्ला जनपरिषद प्रमुख बुद्ध गुरुङ, प्रवेस, राजकुमार लगायतका १२ जना धादिङका नेताहरु विनाकारण पक्राउ पर्नु र सार्वजनिक नगर्नुले थप सङ्का उब्जाएको बताउनु भयो ।