अध्यक्ष उम्मेदवार गणेश थापा भन्छन्- विचार बिना विकास र समृद्धि हुँदैन

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २३, २०७४

धादिङ बैशाख २३ । नीलकण्ठ नगरपालिका वडा १० का अध्यक्षका उम्मेदवार गणेश थापा भन्छन् विचार विना विकास र समृद्धि हुँदैन र विचारले मात्र पनि विकास र समृद्धि पूर्ण हुँदैन त्यसैले विचार सहितको सक्षम उम्मेदवार रोज्न जनतालाई अव्हान गरेका छन् ।

पटक पटक राजनीतिक आन्दोलनमा जेलहिरासद परेका साविकको ज्यामरुङ ४ ढाँडगाउँमा जन्मिएका थापा यतिबेला नीलकण्ठ वडा १० मा चुनावी अभियानमा सरिक छन् । उनले हरेका मतदातालाई भेट्दै विचार र सक्षम व्यक्ति हेरि मतदान गर्न आग्रह गरि रहेका छन् । सिंहदरवारको अधिकार जनताको घर घर त्यति कै आई रहेका हैन, गम्भीर बनौ यो देन कस्को हो ? अब अधिकार घर गाउँ त आयो सहि ढंगले प्रयोग भएन भने के होला ? जनतालाई सुझाव दिने गरेका छन् ।

२०४२ सालमा अखिल क्रान्तिकारी सँग अवद्ध बन्दै राजनीतिमा प्रवेस गरेका थापा माओवादी आन्दोलनको क्रममा माओवादी भएकै कारण ०५३ सालमा १ महिना प्रहरी हिरासदमा रहे भने ०५९ सालमा ४२ दिन सेनाको कब्जामा रहे ।

विकास र समृद्धिको साथमा कार्यशैली जनमुखिका विषयमा पार्टी भित्र अन्तर सर्घषलाई उच्च बनाउने थापा शालिन, भद्र र मिजाशिला परिश्रमी व्यक्तिका रुपमा जिल्लाभर परिचित व्यक्ति हुन् । माओवादी केन्द्रको तर्फबाट थापा उम्मेदवार बने सँगै वडा १० का ज्यामरुङबासीमा चुनावी उत्साह बढेको छ । चुनावमा भोट हाल्न जादिन भन्नेहरु देखि बुढापाकाहरु समेत थापालाई भोट हाल्न हातुर छन् थापा विचार सँगै सवल व्यतित्व भएकाले पनि रोजाईमा परेको बताइन्छ ।