धादिङ बैशाख २३ । अब स्थानीय तह अन्तरगत धादिङका १३ वटा पालिकाहरुमा काँग्रेसले चुनावी गतिविधिहरु बढाएको छ ।
२ नगरपालिका र ११ गाउँपालिकामा काँग्रेसले घरदैलो, मतदाता शिक्षा, उमेद्वार मतदाता भेटघाट कार्यक्रम, कोणसभा लगायतका चुनावी कार्यक्रमहरु सञ्चालन गरि रहेका हो । शुक्रबार जिल्लाभर संचालन गरिएका कार्यक्रम यस्ता छन् ।
धुनीबेसी नगरपालिका
धुनीबेसी नगरपालिकामा प्रमुखका उमेद्वार माधवराज पाण्डे र उपप्रमुखका उमेद्वार अप्सरा कोइराला सहितको ७० जनाको टोलीले वडा नं ९ मा घरदैलो कार्यक्रम सञ्चालन गरेको छ ।
नीलकण्ठ नगरपालिका
नीलकण्ठ नगरपालिकामा वडा नं २ बाट प्रारम्भ भएको मतदाता भेटघाट कार्यक्रम ओलीडाँडामा कोणसभा, वडा नं १ को धुसेनीमा कोणसभा र वडा नं ५ को फ्याक्सेमा कोणसभा सम्पन्न भएको छ । प्रमुखका उम्मेदवार भीमप्रसाद ढुङ्गाना, नेपाली कांग्रेस धादिङका सभापति रमेशप्रसाद धमला, पूर्व सभापति रामनाथ अधिकारी लगायतका नेताहरुले कोणसभामा संबोधन गर्नु भएको थियो ।
रुवीभ्याली गाउँपालिका
रुवीभ्याली गाउँपालिकामा वडा नं १ र २, तिप्लिङमा र वडा नं ३ र ४ सेर्तुङमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षा स्वास्थ्य पर्यटनको उत्थानको लागि र समग्र रुवीभ्याली गाउँपालिकाको विकासको लागि नेपाली कांग्रेसको भावी योजना बारे समेत नेपाली कांग्रेसको टोलीले चुनावी अभियानको क्रममा बताएको छ ।
खनियाबास गाउँपालिका
खनियाबास गाउँपालिकाको वडा नं ५ सत्यदेविमा घरदैलो कार्यक्रम र कोणसभा सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्षका उमेद्वार रणबहादुर तामाङ र उपाध्यक्षका उमेद्वार योमाया तामाङ लगायतका नेताहरुले स्थानीय जनतालाई कांग्रेसको नीति र घोषणापत्र बारे प्रष्ट पार्दै नेपाली कांग्रेसलाई किन मत दिन आवश्यक छ भन्ने विषयमा प्रष्ट पार्नु भएको थियो ।
नेत्रावती गाउँपालिका
ऐतिहासिक डपजोङ दरबार अवस्थीत नेत्रावती गाउँपालिकामा नेपाली कांग्रेसले वडा नं ३, ४ र ५ मा घरदैलो कार्यक्रम तथा मुख्य स्थलमा कोणसभा भएको छ ।
अध्यक्षका उमेद्वार टेकजङ लामा र उपाध्यक्षका उमेद्वार आशामाया तामाङ सहितको टोलीले घरदैलो कार्यक्रम सम्पन्न गरेको हो ।
गंगाजमुना गाउँपालिका
गंगाजमुना गाउँपालिकामा अध्यक्षका उमेद्वार अकलबहादुर तामाङ र उपाध्यक्षका उमेद्वार दुर्गा दाहाल नेतृत्वको टोलीले फूलखर्क र बुढाथुममा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम गरेको छ ।
त्रिपुरासुन्दरी गाउँपालि
त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं ३,४ र ७ मा उम्मेदवारमतदाता भेटघाट कार्यक्रममा कोणसभा तथा अन्तरक्रिया कार्यक्रम भएको छ । नेपाली कांग्रेसका जुझारु नेता, लोकतान्त्रिक योध्दा अध्यक्षका उमेद्वार वासु तिमल्सिना एवं उपाध्यक्षका उम्मेदवार जुझारु महिला नेतृ देविकुमारी बुर्लाकोटी र नेताहरु तिलक रुवाली, हरिराम बुर्लाकोटी, नवराज तिमल्सिना लगायतका नेताकार्यकर्ताको घरदैलो कार्यक्रममा सहभागि थिए ।
ज्वालामुखी गाउँपालिका
ज्वालामुखी गाउँपालिकामा अध्यक्षका उमेद्वार, २०६२÷०६३ को जनआन्दोलनको घाइते एवं जनताको सुखदुखको सारथी विनोद तिमल्सेनाको नेतृत्वमा नं १ को डिडाँडा, पिपलटार, मजुवा जुँगेटार माझिटारमा जनतासँगको भेटघाट सम्पन्न भएको छ । चुनावी अभियान तीव्र गतिमा सञ्चालन भइरहेको यस गाउँपालिकामा नेताहरु यमनाथ दनै, टीका काप्री , चिरञ्जीवी दनै र नरेन्द्र भट्ट गाउँपालिकाको समुन्नत विकासको लागि नेपालि कांग्रेसको जित आवश्यक भएको भन्दै लागि परेका छन् ।
बेनीघाट रोराङमा
बेनीघाट रोराङमा नेपाली कांग्रेसको चुनावी अभियान तीव्र गतिमा अगाडि बढिरहेको छ । यसैक्रममा नेपाली कांग्रेसका उमेद्वार देवीप्रसाद सिलवालको अगुवाइमा वडा नं ३ र वडा नं ४ मा घरदैलो कार्यक्रम जारी रह्यो ।
गल्छी गाउँपालिका
गल्छी गाउँपालिकामा अध्यक्षका उमेद्वार विनोदकुमार कार्कीको अगुवाइमा नेपाली कांग्रेसको टोली चुनावी अभियान लिएर जनताको घर आँगनमा पुगेको छ ।
थांक्रे गाउँपालिका
थांक्रेमा ११ ओटै वडामा संबन्धित वडाका उमेद्वारहरुले आआफ्नो वडामा घरदैलो कार्यक्रम गर्दै जनतालाई आफ्नो चुनावी मुद्दाबारे प्रष्ट पारेका छन् ।

