धादिङ बैशाख २२ । नीलकण्ठ नगरपािलकामा उपमेयर पदको लागि स्वतन्त्र उम्मेदवारी दिएका इश्वरी अधिकारी भन्छन् नीलकण्ठ नगरबासीले मलाई भोट हाल्छन् । जिल्ला रेडक्रस सोसाइटी धादिङका पूर्व सभापति इश्वरी अधिकारीका प्रतिवद्धता कुनै पार्टीको होइन तर पनि नगरलाई समुन्नत बनाउन वैज्ञानिक प्लानका सुत्र आफुसँग रहेको बताउँदै घरदैलो गरि रहेका छन् ।
नगरभित्र चर्चित पात्र मध्यपर्ने अधिकारी चतुर र योजनकारका रुपमा बजारमा चिनिन्छन् । काँग्रेस र माओवादी केन्द्रको ताललेमले आफुलाई कुनै असर नपर्ने बताउने अधिकारीले ६ भोट पार्टीलाई १ भोट साथीलाई भन्ने नारा तय गरेका छन् । स्वतन्त्रबाट उम्मेवार बनेका अधिकारीले कागको चित्रलाई आफ्नो चुनाव चिन्ह बनाएका छन् । उनलाई आज निर्वाचन कार्यालयले चुनाव चिन्ह काग दिएको हो ।
राजधानीको नजिकैको जिल्ला भएर पनि सबै भन्दा पछाडी गठन भएको हाम्रो नगरपालिका कुनै विकासका पूर्वाधार विना नै दूर्भाग्यपूर्ण रुपमा नाम मात्रको सुृविधा लिएर बाँची रहेको छ । विकासको ठूला ठूला कुरा गर्ने पार्टीका नेताहरु जनताका समस्याहरु नियाल्न भन्दा आकाशका तारा गन्नमै व्यस्त रहेको अधिकारी बताउँछन् ।
स्वतन्त्र उम्मेदवार अधिकारीको प्रतिबद्धता यस्तो छ
नीलकण्ठ नगरपालिकाको यो पहिलो निर्वाचनमा सबै नगरबासीको विगत ६ दशक देखिको सुख दुःखको साथी म ईश्वरी अधिकारी उपमेयरको पदमा सम्पूर्ण देशभक्त जनगणतन्त्र बादीहरुको तर्फबाट स्वतन्त्र उम्मेदवार बनेको छु र आम नगरवासी समक्ष निम्न प्रतिवद्धता व्यक्त गर्दछु । आदरणीय नगरबासी मतदाताहरुमा चिन्हमा छाप लगाई मेरो निम्न प्रतिबद्धता पुरा गर्ने अवसर दिनुहुन सादर अनुरोध गर्दछु ।
१. स्वतन्त्र उम्मेदवारको हैसियतले दलगत विचारको आधारमा कुनैपनि नगरबासीलाई पक्षपात गरिने छैन ।
२. नगर क्षेत्रमा खानेपानीकणे राम्रो बन्दोबस्त गर्ने,
३. वडा नं. ३ धादिङबेशी सडक धुवाँ धुलो रहित बनाउने आधुनिक मिसिन प्रयोग गर्ने सडक नाली, व्यवस्थित ढल, फुटपाथ, तरकारी बजार, बसपार्क व्यवस्थित गर्ने, तिनै बजारमा सार्वजनिक शौचालय नर्माण गर्ने र सार्वजनिक प्रयोजनका जमिनको लगतकट्टा गर्ने ।
४. नगरपालिकाको चौधै वडामा स्टिलपोल, बत्ती, टोलटोलमा सडकबत्तीको व्यवस्थापन गर्ने, र गाउँ उज्यो बनाउने, मूल नभएको ठाउँहरुमा पनि लिफ्टिङद्वारा खानेपानीको व्यवस्था मिलाउने ।
५. दुर्गम र विपन्न वर्ग भएका वडाहरुमा करमा छुट दिने कार्यक्रम ल्याउने, विकास निर्माणका कार्यहरुमा क्षेत्रगत समानुपातिक हिसाबले विकास निर्माणमा पछी परेका गाउँलाई प्राथमिकता दिने ।
६. शिक्षा क्षेत्रमा प्रत्येक वडामा १२ कक्षासम्म सञ्चालनको व्यवस्था मिलाउने ।
७. स्वास्थ्य क्षेत्रमा सबै वडाहरुमा १० शैयाको अस्पतालको व्यवस्था गरी न्यूनतम उपचारको व्यवस्था गाउँमै मिलाउने । र प्रत्येक वडाहरुमा १÷१ वटा एम्बुलेन्स गाडीको व्यवस्था गर्ने,
८. भुकम्पबाट क्षति पु¥याएको घरहरुको निःशुल्क नयाँ नक्सा बनाईदिने व्यवस्था मिलाउने र प्रत्येक भुकम्प पिडितलाई सरकारले दिएको अनुदान रकममाथि नगरपालिकाबाट थप रकमको व्यवस्था मिलाउने ।
९. जेष्ठ नागरिक, अशक्त र विपन्न वर्गको वर्गिकरण गरी नगरपालिकाबाट छुट्टै भत्ताको व्यवस्था गर्ने र प्रत्येक वडामा बालगृह र बृद्ध आश्रम निर्माण गर्ने ।
१०. वडा नंं. २, जुरेथुममा होम स्टे भ्यूटावर निर्माणमा निरन्तरता दिई त्यहाँसम्म जाने सडक पिच गर्नुका साथै लिफ्ट खानेपानीलाई जुरेथुमबासीहरुको चाहना अनुसार थप व्यवस्थित गर्ने ।
११. भैरवी मन्दिर, चमेरे गुफा जाने सडकको स्तर उन्नति गरी पर्यटकीय स्थलको रुपमा विकास गर्ने । खानेपानीको राम्रो प्रबन्ध मिलाइनेछ ।
१२. वडा नं. ४ रिजालथोकमा भ्यूटावरको निर्माण गरी प्याराग्लाईडिङको सुरुवात गर्ने ।
१३. नगरपालिकाको सबै वडाहरु छुने गरी रिङरोड निर्माण गर्ने,
१४. नगरबाट निस्केका फोहोरलाई फोहोर संकलन केन्द्रमा लगी प्राङ्गारिक मल उत्पादन गरी किसानहरुलाई वितरण गर्ने र किसानको जीवनस्तर उकास्ने ।
१५. पशुपतिनाथको मन्दिरको स्तर उन्नती गरी धर्मशाला पाटीपौवाहरुको व्यवस्था गर्ने ।
१६. वडा नं.–८, रामकोट मण्डलीमाईमा मन्दिर र भ्यूटावर निर्माण गरी त्यहाँसम्म जाने सडक पिच गर्ने र लिफ्टिङ खानेपानीलाई व्यवस्थित गर्ने
१७. धुवाँकोट भँगेरीमाईलाई थप व्यवस्थित गरी पर्यटकीय स्थल निर्माण गर्ने व्यवस्था मिलाउने ।
१८. वडा नं. ८, ससाह ज्यामिरेमा पिकनिक स्थल निर्माण गर्ने ।
१९. चण्डेश्वरी मन्दिरको राम्रो व्यवस्थापन गर्ने । सो ठाउँमा पिकनिक स्पट निर्माण गर्ने र लिफ्टबाट संचालित खानेपानी थप घरघरमा लैजाने व्यवस्था मिलाउने ।
२०. वडा नं. ७ तारुखर्कमा सातमुले मन्दिर र पिकनिक स्थल निर्माण गर्ने र त्यहाँसम्म जाने सडक पिच गर्ने ।
२१. खाल्टेको पञ्चकन्या मन्दिरको निर्माण गर्ने र पञ्चकन्या विद्यालयलाई १२ कक्षासम्म सञ्चालन गर्ने ।
२२. नगरपालिकाको सबै वडा कार्यालयसम्मको सडकहरुमा स्तर उन्नती गरी सिटि बसहरु सञ्चालन गरी नगर तथा वडाबासीहरुलाई सुविधा प्रदान गर्ने ।
२३. थोपल खोला, अरुण खोला, आँसीखोलाको जलमार्ग संरक्षण गर्ने र करिडोर निर्माण गरी बैकल्पिक सडक विकास गर्ने ।
२४. साङ्कोषको स्याउली देखी ज्यामरुङको चामभञ्ज्याङ मोटरबाटो सुधार गरी बाह्रै महिना यातायातको सुविधा दिने ।
२५. सरसफाई र टोलसुधार समिति महासमितिलाई बढी जिम्मेवार र स्रोत साधन सम्पन्न गराई नगर सरसफाईमा विशेष जिम्मा दिने ।
२६. नगरपालिकाको चौधै वडाको मास्टरप्लान तयार गरी पूर्वाधार विकास गरी नगरलाई समृद्ध र सक्षम बनाउने र १ घर १ रुख लगाई वातावरण र स्वच्छ हावा प्रदान गर्ने ।
२७. खेलकुद, ब्याडमिन्टन खेलहरुको स्तर बृद्धि गरी सार्वजनिक जग्गाहरु पहिचान गरी स्पोर्ट ग्राउण्ड निर्माण गर्ने ।
२८. नगरपालिकाका सबै वडाहरुमा युवा युवतिहरुलाई विदेश जान निरुत्साहित गरी वडा वडामा नै युवा स्वरोजगार तालिम सञ्चालन गरी घरेलु उद्योगहरु संचालन गरी रोजगारको व्यवस्था मिलाउने ।
२९. पर्यटक तथा विदेशी पाहुनाहरुलाई सुविधा प्रदान गर्न होटलहरुको स्तर उन्नति गर्ने र ठाउँठाउँमा सुविधायुक्त होटलहरुको निर्माण गर्न प्रोत्साहन गर्ने ।
स्वतन्त्रमाथि प्रतिबद्धता गरेका कार्य २ वर्ष भित्रमा नगबासीलाई उपलब्ध गराउन नसकेमा सार्वजनिक भेला गराई सबै नगरबासी समक्ष आफ्नो पदबाट राजिनामा गर्ने प्रतिवद्धता जाहेर गर्दछु ।