रुबीभ्याली जित्ने विकासको सुत्र रामसिंङको

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख २२, २०७४

विमल तामाङ,
धादिङ बैशाख २२ ।
धादिङको पर्यटकिय क्षेत्र रुबीभ्यालीको निर्वाचनको लागि माओवादी केन्द्रको तर्फबाट गाउँपालिका प्रमुखको लागि रामसिंह तामाङ ले उम्मेदवारी दिएका छन् ।

निर्वाचन प्रचार–प्रसारको क्रममा रुबीभ्याली पुगेका माओवादी केन्द्रका नेता रामसिंह तामाङले रुबीभ्यालीको प्रमुख पदमा आफूले जित्ने आधारहरु धेरै भएको बताए । नेकपा माओवादी केन्द्र रुबीभ्याली गाउँपालिकाका इन्चार्ज समेत रहेका रामसिंह तामाङ संसद रविन्द्रप्रताप शाहको स्वकीय सचिव हुन् । स्थानिय शान्ति समिति सदस्य, नेपाल तामाङ घेदुङ धादिङका अध्यक्ष, गणेश हिमाल सामुदायीक अध्ययन केन्द्रका अध्यक्ष तथा च्याम्रादेवि माविका पूर्व व्यवस्थापन समिति अध्यक्ष भएर सामाजिक सेवामा काम गरि रहेका तामाङ गाउँपालिका प्रमुखका लागि बलिया उम्मेदवार हुन् ।

यस गाउँपालिकाको विकासका लागि विशेष योजना बनाएको बताउँदै रुबीभ्याली गाउँपालिकाको प्रमुख बन्न मतदाता सँग गरेको प्रतिबद्धता यस्तो छ ।

-एकतन्त्रिय शासन व्यवस्था तोड्दै जनतालाई लोकतान्त्रिक शासनको अनुभुती दिलाउन । स्वतन्त्र पुर्वक मत जाहेर गर्दै प्रतिस्पर्धात्मक राजनीतिक सस्कारको विकास गर्न ।
-राजनीतिक रूपमा सबैलाई सचेत गराउन । यातायातको सुबिधा नभएकोले ५ वर्ष भित्रमा सबै वडामा सडक पुर्याउने प्रतिबद्धता गरेका छन् ।
-स्थानीय खोलाबाट लघु जलविद्युत उत्पादन गरी रुबीभ्याली गाउँपालिकाको प्रत्येक घरधुरीमा कम्तिमा एकलाख बराबरको शेर ग्यारेन्टी गराउने ।
-जडिबुटीको व्यवसायीक खेतीको विकास गर्ने र प्रशोधन केन्द्रको स्थापना गर्ने ।
-प्राकृतिक सुन्दरताले भरिएको रुबीभ्यालीलाई पर्यटन गन्तव्यको प्रमुख पर्यटकीय स्थलको रूपमा तीब्र विकास गर्ने ।
-प्याल्दोर हिमालमा माउन्टेन क्लाइम्बिङको रुपमा विकास गरि युवाहरूलाई रोजगारीको व्यवस्था गर्ने युवा नेता तामाङको प्रतिवद्धता छ । -यस्तै अहिले सम्म कायम रहेका छुवाछूतको अन्त्य गर्ने । धार्मिक स्वतन्त्रताको पूर्णरुपमा कार्यन्वयन गराउने ।
-प्रत्येक वाडमा स्वस्थ्य चौकी र गाउँपालिकामा १५ सैयाको अस्पताल बनाउने । पशुपालन अन्तर्गत भेडा, बाख्रा, चौरी गाई पालनलाई व्यवसायीकरण गराउने । महिलामाथि हुने घरेलु हिम्साको अन्त्यका लागि व्यवहारगत रुपमा कार्यन्वयन गराउने । पूर्ण रुपमा कानुनी शासनको व्यवस्था प्रत्यभुति गराउने । आदिवासी समुदायको लोपोन्मुख भाषा, धर्म, संस्कारको संरक्षण गर्न । प्राचीन माने, गुम्बा, चर्च, मठ–मन्दिरको संरक्षण गर्न । तीब्र वन फडानिको रोकथाम गरि बृक्षारोण गर्ने ।