धादिङमा काँग्रेस र माओवादीको चुनावी तालमेलले फेरि गति लियो

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख २२, २०७४

धादिङ बैशाख २२ । धादिङमा नेपाली काँग्रेस र माओवादी केन्द्रकोे चुनावी तालमेलले फेरि गति लिएको छ । बैशाख १५ गते हस्ताक्षेरको चरणमा पुगेर भाँडिएको चुनावी तालमेल फेरि नयाँ ढंगबाट अगाडी बढेको नेताहरु बताउँछन् ।

६ र ८ नगर र गाउँपालिका भाग लगाउने सहमति गरि हस्ताक्षरको चरणमा पुगेका यी दुईपार्टीहरु भाँगबन्डामा पुगेर व्याक भएका थिए । थाँक्रे गाउँपालिकामा काँग्रेसले उप प्रमुख लिएर माओवादी केन्द्रलाई प्रमुख दिने सहभाति गरी तालमेल गरेपछि जिल्ला तहमा फेरि काँग्रेस र माओवादी केन्द्र तलमेलका नजिक भएका थिए ।

हाल सम्म नीलकण्ठ नगरपालिका, ज्वालामुखी, गजुरी लगायतका गाउँपालिकामा तालमेल गरिसकेका छन् ।
माओवादी केन्द्रका जिल्ला अध्यक्ष शालिकराम जमकट्टेलले ६ वटा गाउँपालिकामा तालमेल भै सकेको छ बाँकी गाउँपालिकामा पनि एक दुई दिन भित्रमा तालमेल गरेर जाने टुङ्गोमा पुग्ने तयारी भएको धादिङपोष्टलाई बताउनु भयो ।

पछ्रिल्लो चरणमा नीलकण्ठमा शोभा डङ्गोलले उम्मेदवारी फिर्ता लिँदै नेपाली काँग्रेसका भिम ढुङ्गानालाई सहयोग र उपप्रमुखमा कल्पना अधिकारीले उम्मेदवारी फिर्ता लिँदै मनराज भण्डारीलाई सहयोग गर्ने यी दुई पार्टीको सहमति भएको छ ।