नयाँ शक्तिको उम्मेदवार माओवादी केन्द्रमा प्रवेस

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख २२, २०७४

धादिङ बैशाख २२ । धादिङमा चुनावी सरगर्मी तिब्र बनि रहेका छ । दलहरु आआफ्नो ढंगले चुनावी प्रचारमा व्यस्त छन् । कतिपय दलहरुलाई जित्ने कसरी जित्ने चिन्ता बढेको छ भने कतिपय दलहरुलाई निर्वाचन सम्म उम्मेदवारलाई कसरी टिकाउने भन्ने पनि दवाब परेका देखिन्छ ।

धादिङ जिल्लाको निलकण्ठ नगरपालिका अन्तर्गत वडा सदस्यमा मनोनयन गराएकी इन्दिरा भट्टले नयाँ शक्ति परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेकी हुन् ।

म माओवादी केनद्रलाई जिताउन चाहान्थे, मुलुकपरिवर्तन र उम्मेदवार माओवादी केन्द्र कै गतिला र सक्षम थिए तर जवर जस्ती उम्मेदवारी दिन लगाइयो, उम्मेदवार दिको दिन राम्रो सँग निर्दापनि परेन र भोलिपल्ट उम्मेदवारी फिर्ता लिदै माओवादी केन्द्रमा प्रबेश गरेको उनले बताईन् ।

स्थानीय तहको लागि उम्मेदवार धेरै चाहिने त्यसमा पनि महिला र दलित महिला अनिवार्य बने पछि साना दलहरुलाई उम्मेदवार जोगाउनी हम्मेहम्मे परि रहेको छ ।

गंगाजमुना ११ साविकको रि गाविसबाट सुनमायाँ एक्लो भइन । ठुला दल नेपाली काँग्रेस र एमालेले समेत उठाउने दलित महिला पाएनन् र सुनमायाँ माओवादी केन्द्रबाट निर्विरोध निर्वाचित बनिन् ।