धादिङ, बैशाख १९ गते । यहि बैशाख ३१ गते हुन लागिरहेको स्थानीय तहको निर्वाचनका लागि धादिङका १३ वटा नै नगर गाउँपालिकाहरुमा उम्मेदवारी दर्ता भएको छ ।
जिल्लाको २ नगरपालिका र ११ गाउँ पालिकामा उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी दिनेमा नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीले सबै पालिकाको प्रमुख उपप्रमुख सहितका पदमा सबै पालिकामा उम्मेदवारी दिएका छन् । त्यसैगरी राप्रपा, नयाँ शक्ति, नेकपा माले लगायतका दलहरुले पनि विभिन्न नगर तथा गाउँपालिकामा उम्मेदवारी दिएका छन् ।
जिल्ला सदरमुकाम स्थित नीलकण्ठ नगरपालिमा नेपाली काँग्रेसका तर्फबाट भीमप्रसाद ढुङ्गाना र उपप्रमुखमा कल्पना अधिकारी, नेकपा एमाले धादिङकातर्फबाट प्रमुखमा अर्जुन कुमार श्रेष्ठ र उप्रमुखमा गंगादेवी श्रेष्ठ र माओवादी केन्द्रको तर्फबाट प्रमुखमा शोभा डंगोल र उपप्रमुखमा मनराज भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि मनराज भण्डारी मेयरमा उठाउने माओवादी केन्द्रले निर्णय गरेको थियो । उम्मेदवार मनोनयको अन्तिम चरणमा आएर एमाले सँग तलमेल गर्ने निर्णय गरेकोले अर्जुन गोरखाली लाई मेयर मनराज भण्डारीलाई उपमेयर बनाउने गरि सहमति भएकोले भण्ठारीलाई उपमेयरमा उठाएको बुभिएको छ । स्रोतका अनुसार भोली माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवार बनेकी शोभा डङ्गोलले उम्मेदवारी फिर्ता गरि अर्जुन गोरर्खालीठूलाई सहयोग गर्ने र एमालेबाट उम्मेदवारी दिएकी गंगादेवि श्रेष्ठले उम्मेदवारी फिर्ता लिने र मनराजभण्डारीलाई सहयोग गर्ने सहमति भएको छ । वडा तह सम्मको तलामेलको गृहकार्य भैरहेका समेत स्रोतले बतायो ।
थाँक्रे गाउँपालिका भने नेपाली काँग्रेस र माओवादी केन्द्रबीच तालमेल गरि उम्मेदवार दर्ता गराइएको छ ।
जिल्लाका २ लाख ६ हजार २ मतदाता रहेका छन् जसमा महिला मतदाता संख्या १ लाख ३ हजार १ सय २४ र पुरुष मतदाता संख्या १ लाख २ हजार ८ सय ७७ रहेको छ । निर्वाचनबाट ५७४ प्रतिनिधि निर्वाचित हुने छन् ।