नगर र गाउँपालिका प्रमुखमा महिला उठायो माओवादी केन्द्रले

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १९, २०७४

धादिङ बैशाख १९ । माओवादी केन्द्र धादिङले नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिका प्रमुखका लागि महिला उम्मेदवार उठाएको छ ।

नीलकण्ठ नगरपलिकामा जिल्ला सहसचिव मनराज भण्डारीलाई मेयर पदमा उठाउने निर्णय सच्याउँदै मेयरमा शाभा डङ्गोल र उपमेयरमा मनराज भण्डारीलाई उम्मेदवारी दिन लगाएको छ । यस्तै ज्वालमुखि गाउँपालिकामा पनि माओवादी केन्द्रले लक्ष्मी थापालाई गाउँपालिका प्रमुखको लागि उम्मेदवारी दिन लगाएको छ ।

अन्य दलहरुले प्रमुख पदमा महिला उठाएका छैनन् तर माओवादीले नीलकण्ठ नगरपालिका र ज्वालामुखि गाउँपालिकामा महिलालाई प्राथमिकतामा राखि प्रमुख पदका लागि उम्मेदवारी बनाएको छ ।