धादिङ बैशाख १९ । धादिङ-पोखरा सम्पर्क समाजका अध्यक्ष तथा धादिङबेसीबाट प्रकाशित हुने सूचक सन्देश साप्ताहिकका सल्लाहकार युवराज खतिवडालाई थप उपचारको लागि काठमाडौं स्थित ग्राण्डी अस्पताल ल्याइएको छ ।
सोमबार राती चुनावी प्रचारका लागि धादिङ हिडेका खतिवडालाई बास्थान नजिकै २ वटा मोटरसाइकल मा आएर बाटो ढुकी बसेका अज्ञात व्यक्तिको कुटपिट पछि घाइते बनेका खतिवडालाई पोखरामा उपचार हुन नसकेपछि हेलिकप्टरबाट काठमाडौ ल्याइएको हो ।
पोखरामा बसेर व्यवसाय गर्ने खतिवडा माओवादी केन्द्र कार्यकर्ता हुन् उनी आज धादिङबेसी उम्मेदवारी मनोनय कार्यक्रममा सहभागी हुने र बेलुका आफ्नो गाउँ खल्टेमा चुनाव अवधिभर रहने गरि आउन लागेका थिए तर उनलाई बाटो मै आक्रमण गरियो प्रहरीले अहिले सम्म दोसीलाई पक्राउ गर्न सकेको छैन ।
खुट्टा भाँचिएको र मुटुमा समस्या देखिएकोले थप उपचारका लागि ग्राण्डी अस्पताल ल्याइएको पारिवारीक स्रोतले बतायो ।