उम्मेदवारी मनोनय स्थलमै माओवादी केन्द्रमा प्रवेश

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १९, २०७४

नेत्रावती बैशाख १९ । उम्मेदवारी मनोनयन सकेर उम्मेदवार घोषणा गर्ने कार्यक्रममा एमाले र राप्रपा कार्यकर्ताहरु माओवादीमा प्रवेश गरेका छन् ।

नेकपा एमाले नेत्रवती गाउँपालिका पार्टी सदस्य शेर बहादुर तामाङ राप्रपाका भैरव अधिकारी नेकपा एमाले मार्पाकका टेकबहादुर गुरुङ, राम कुमार थापा, हरि थापा, अर्जुन अधिकारी, लगायत माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नेत्रवती गाउँपालिकामा उम्मेद्धार घोषणा तथा परिचात्मक कार्यक्रम सम्पन्न भएको छ । सोही अवसरमा नेकपा माओवादि केन्द्र नेत्रवती गाउँपालिका प्रमुखका लागि ठाकुर गुरुङ उपप्रमुखको लागि उर्मिला तामाङ वडा नम्बर १ को अध्यक्षको लागि चन्द्रपल्ली मगर वडा नम्बर २ को लागि सुन्दर थापा ३ को लागि प्रेम तामाङ वडा नम्बर ४ को लागि राजकुमार श्रेष्ठ वडा नम्बर ५ को लागि रामकृष्ण धमला लगायत महिला सदस्य दलित महिला सदस्य उम्मेदारी दर्ता भएको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र धादिङका सल्लाकार संयोजक केशरी प्रसादपन्त अखिल नेपाल शिक्षक सङगठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सङकर अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।