खनियाबास गाउँपालिकामा सेकेमान तामाङको चर्चा

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १९, २०७४

धादिङ दार्खा निवासी सेकेमान तामाङलाई माओवादी केन्द्रले खनियाँबास गाउँपालिकाको प्रमुखको उम्मेदवार बनाउने निर्णय सँगै खनियाबास गाउँपालिकाका स्थानयिहरु हर्षित बनेका छन् ।

२९ वर्षिय सेकेमान खनियाबासका जुझारु युवा नेता हुन्, राजनीति शास्त्रमा डिग्री सम्मको अध्ययन पुरा गरेका उनीले आज गाउँपालिका प्रमुखको उम्मेदवारी दिए सँगै स्थानीयहरु हर्षित बनेका हुन् ।

उत्तरी धादिङका पढेलेखेका मध्य पर्ने सेकेमान स्कुल तह देखिनै ट्यालेन्ट विद्यार्थी हुन्, सामान्य गरिव परिवारमा जन्मेपनि आफै कमाएर पढ्दै गरेका उनी अहिले राजनीतिक शास्त्रमा मास्टर डिग्री (M.A. political science) र उद्यमशिलतामा डिप्लोमा फिल्याण्डबाट सकेर कानुनमा स्नात्तक (bachelor of law) मा अध्यनरत विद्यार्थी हुन् ।

सेकेमान तामाङ चुनावी मैदानमा उत्रिदै गर्दा खनियाँबास गाउँपालिकामा उनकोे चर्चा परिचर्चा निकै हुने गरेको छ । पढेलेखेका युवा, भिजन र मिसन दुवै उ सँग छ सेकेमान को, गाउँलेहरु टिप्पणी गर्दछन् । उनले यी गाउँपालिका भित्रका साविकका गाविसहरुमा सामाजिक सेवा स्वरुप विभिन्न सामाजिक कामहरु पनि गर्दै आईरहेका छन् । सेकेमानकै पहलमा स्कुल, खानेपानी, स्वास्थ्य, लगायतका क्षेत्रहरुमा समेत काम भइरहेका हुँदा उनलाई यो क्षेत्रमा राम्रो प्रतिस्पर्दा गर्न सक्ने उम्मेदवारका रुपमा हेरिएको छ ।

सेकेमानलाई माओवादी केन्द्रले उम्मेदवारको टिकट दिए सँगै आफ्नो पन्च वर्षिय विकासका एजेण्डा लिएर गाउँपालिका पुगिसकेका छन् । आफु कुनै कालो धब्बा नलागेको गाउँपालिकालाई विकसित र समृद्धिमा लैजान उम्मेदवार बन्न लागेको बताए । जनताको माग हो मेरो उम्मेदवारी आफुले चुनाव जितेमा सरकारी सेवा वापत आउने सम्पूर्ण सेवा सुविधा खनियाँबास कै विकासको लागि खर्च गर्छु ।

शालिन र मिजाशिला उनी आफुलाई जनताले भोट हाल्नेमा विस्वासस्त छन् । सूचक सन्देश सँग कुरा गदै उनले भने म सँग खनियाँबास गाउँपालिकालाई ५ वर्ष भित्र नमुना गाउँपालिका बनाउन सक्छु । माओवादी केन्द्रले तय गरेको घोषणा पत्र कार्यान्वयन र स्थानीय विकासका संरचना लागु गर्दै खनियाबासलाई समृद्ध बनाउन सकिन्छ । पहिलो काम भुकम्पबाट क्षतिग्रस्त भएका बस्तीहरु पुनःनिर्माण र सामुहिक बस्ती निमार्ण मेरो पहिलो काम हुनेछ । प्रत्येक वडामा सडक संजालको व्यवस्था गरिने, जेष्ठनागरिक, अपाङ्ग असाह्यलाई सेल्टर हाउस निर्माण गरी सामुहिक वसोबासको व्यवस्था गर्ने किन्ताङफेदीलाई उत्तरी धादिङका गाउँपालिकाहरुको सम्पर्क सिटीको रुपमा विकास गर्ने उनको विशेष स्थानिय विशेष योजना छ ।

२०५८ साल देखि माओवादी सँग आवद्धभएका सेकेमान अहिले पनि उक्तिकै पार्टी प्रति प्रतिबद्ध छन् र भन्छन्– पार्टीले चुनाव जित्न आफुलाई खनियाँबास पठाएको हो जनतामाझ छु तामाङको छोरो हुँ कुनै छलछाम जानेको छैन माहोल आफ्नै पक्षमा छ ।

सेकेमानको प्रतिवद्धताः

१. स्थानीय अधिकार सहि ढंगले प्रयोग गरी जनतालाई परिवर्तनको प्रत्याभुति दिलाउने ।
२. गाउँपालिका स्तरीय खेलमैदान निर्माण गर्ने ।
३ . छिटो र छरितो सेवा जनतामा प्रदान गर्ने, न्यायीक शान्ति र समुन्नत खनियाबास गाउँपालिका निमार्ण गर्ने ।
४. भुकम्पबाट क्षतिग्रस्त भएका बस्तीहरु पुनःनिर्माणका थप कामहरु पहिलो चरमै प्रभावकारी तवरले गर्ने ।
५. सुरक्षित र सामुहकि व्यवस्थित बस्ती निर्माणमा जोड ।
६. प्रत्येक वडामा सडक संजालको व्यवस्था गरिने ।
७. घोरेटोबाटोलाई फराहिलो र व्यस्थित बनाईने स्थानिय, ग्रामिण र कृषि सडकको मापदण्डमा सडक विस्तार गरिने ।
८. विद्यालयको भौतिक संरचना निर्माण तथा गुणस्तरिय शिक्षामा जोड ।
९. प्रत्येक टोलमा स्वस्थ्य सेवा केन्द्र संचालन गरिने ।
१०. प्रत्यके घरमा शुद्ध खानेपानीको व्यवस्था गरिने ।
११. जेष्ठ नागरिक भक्ता मासिक ५ हजार प्रदान गर्ने ।
१२. सबै प्रकारका अपाङ्गहरुलाई भत्ताको व्यवस्था गर्ने ।
१३. जेष्टनागरिक, अपाङ्ग असाह्यलाई सेल्टर हाउस निर्माण गरि सामुहिक वसोबासको व्यवस्था गर्ने ।
१४. गाउँपालिका भित्र उत्पादन हुने लघु जलविद्युतमा गाउँबासीको सेयर अनिर्वाय गर्ने, प्राकृतिक स्रोत, साधनको सहि सदुपयोग र उचित
व्यवस्थापनमा जोड दिई दिगो विकासको आधारमा खनियाबास गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा विकास गर्ने ।
१५. गाउँपालिका स्तरीय अस्पताल संचालन तथा प्रत्येक वडामा स्वस्थ्य चौकी संचालन गर्ने
१६. ५ वर्ष भन्दा मुनकिा बालबालिकालाई विशेष प्रकारको निःशुल्क शिशुस्याहार कार्याक्रम, पोषण कार्याक्रम संचालन गर्ने,
१७. किन्ताङफेदीलाई उत्तरी धादिङका गाउँपालिकाहरुको सम्पर्क सिटीको रुपमा विकास गर्ने
१८. तरकारी तथा अन्नबालीलाई पूर्णरुपमा अर्गानिक खेती योजना ल्याउने
१९. गाउँपालिकाको केन्द्र पर्नेगरी रमणिय पार्क निर्माण, भ्यूटावर निमार्ण गरी पर्यटन प्रवद्र्धनमा जोड दिँदै होम स्टेमा जोड दिने
२०. झार्लाङको पहिरो, सिङ्ला, कुरीको ल्याक्चे कुण्ड, जोङ्जो दरबार, याब्रा युङ्बा आदिलाई विशेष योजना बनाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने
२१. सामुहिक व्यवसायीक खेती, पशुपालन, घरेलु उद्योगलाई व्यस्थित तथा बजारी करण गर्ने ।
२२. युवा स्वरोजगारका लागि विशेष योजना ल्याइने ।