धाक धम्किको राजनिती कति दिन चल्छ ?

Avatar photo
Dhadingpost
सोमवार, बैशाख १८, २०७४

गोरखा जिल्ला भिमसेन गाऊपालिका वाडा नं ५ बगुवामा स्थानिय निकायको निर्वाचनमा वाडाध्यक्षको ऊमेदवारी दिन लागेका स्थानिय तथा समाजसेवी कृष्ण पोखरेललाई यदि वाडाध्यक्षमा उम्मेदवारी दिईस भने सिद्धाई दिन्छु भनेर धक्की दिएको कुरा छ ।

धम्कि दिएको भन्ने कुरा साँचो हो भने यो कस्तो बहुदलहो ? कस्तो प्रकारको राजनिति हो ? यस्तो प्रकारको राजनिति कति दिन चल्छ ? सरकारलाई मेरो प्रश्न नेपालमा गुण्डा गर्दी डर धाक धम्किको राजनिती होईन स्वच्छ र सफा राजनिति गर यस क़िसिम को कुनै पनि गतिविधि तथा कृयाकलापको लागी अन्तराष्ट्रिय नेपाली समाज मकाऊ घोर भत्तसर्ना गर्दँछ ।

विश्वको ४०-४२ देशमा रहेको अन्तराष्टि«य नेपाली समाज एक भएर यस्ता कृयाकलापको प्रतिकारमा ऊत्रन नपरोस । सबैले स्वतन्त्र स्वच्छ धादली रहित स्थानीय निकायको चुनावमा सरिक भई स्वच्छ ईमानदार मानिस छनौट गरौ । यस्तो डर धाक धम्कीको जंगली राजनिति कुनै पनि पार्टी र पार्टीको कार्यकर्ताले नगरौ स्वच्छ वातावरणमा चुनाव सफल गराउने अवान्छनिय गतिविधि र कृयाकलाप गर्ने विरुद्ध राज्य कता हराएको छ ?

साच्चै मताधिकार भनेको अर्काको अधिनमा रहि मत हाल्न पर्ने हो ? वडा अध्यक्षका उमेदवार श्री कृष्ण पोख्रेल ज्यु माथि हिजो बेलुका उहाकै आवास गई केहि नकावधारी गुन्डाहरुबाट उमेदवारी दिए ज्यान मार्ने धम्की दिएका छन् ।
के हामी नेपाली कुनै पनि जनताले आफ्नो विचार र सिद्धान्तको आधारमा उमेदवार हुन पाउने कि नपाउने ? के हामीले हाम्रो मत आफ्नो स्वविवेकले प्रयोग गर्न पाउने कि नपाउने ? अहिले देश लोकतान्त्रिक सरकारको हातमा छ कि कुनै तानाशाहको ? यस्तै हो भने स्वतन्त्र र निश्पक्ष रुपमा यो सरकारले निर्वाचन गराउला ? यस्तो प्रकारको चुनावको औचित्य के होला चुनाव केको लागि र कस्को लागि ? हो यदि जनताले ऊमेदवारी दिन र स्वईछिक तरिकाले मताधिकार प्रयोग गर्न पाउनु उसको नैसर्गिक अधिकार माथि कसैले धावा बोल्ने अधिकार छैन ।