एमाले धादिङले छान्यो नगर तथा गाउँपालिका उम्मेदवार

Avatar photo
Dhadingpost
आइतवार, बैशाख १७, २०७४

धादिङबेसी बैशाख १७ । नेकपा एमाले धादिङले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार छनौट गरेको छ ।

लामो छलफल र गृहकार्यपछि नगर र गाउँपालिका प्रमुखहरुको छनौट गरेका छौ हतारमा भन्दा जनतामा भिज्न सक्ने नेता छनौट गर्नुपर्ने भएकाले पनि प्रमुखहरुको नाम छनौटमा ढिलाई भएको छनौट समितिका एक सदस्यले बताए ।

प्रमुख, उपप्रमुख र वडा सदस्य सम्म उम्मेदवारको नाम छनौट गर्नुपर्ने भएकोले उम्मेदवार छनौट समितिले द्रुतगतिमा काम गरिरहेको ति सदस्यले धादिङपोष्टलाई बताए ।

स्थानीय तहका प्रमुखहरुको नामावली तयभए पनि बैशाख १८ गते मात्र सार्वजनिक गरिने महिला नेतृ जानुका सिंखडाले बताउनु भयो । एमाले स्रोतका अनुसार रुबीभ्यालीमा जीवन तामाङ, खनियाबासमा प्रदिप फ्यूवा, त्रिपुरासुन्दरीमा नेता शम्भु थापा, गंगाजमुनामा २ पटक गाविस अध्यक्ष भइकेका नेता बलबहादुर अधिकारी, नीलकण्ठ नगरपालिकामा अर्जुनकुमार श्रेष्ठ गोरखाली, ज्वालामुखिमा एमाले धादिङका पुराना नेता रामप्रसाद अधिकारी, सिद्धलेक गाउँपालिकामा प्रेमनाथ सिलवाललाई प्रमुखको लागि उम्मेदवारी बनाउने निर्णय गरेको छ ।

यसैगरि बेनिघाट रोराङबाट गिरिराज कंडेल, गजुरी राजेन्द्रविक्रम बस्नेत, गल्छीमा कृष्णहरि श्रेष्ठ नेत्रावतीमा नारायण शाक्य, थाँक्रेबाट रामकुमार आचार्य र धुनिबेसी नगरपालिकाबाट बालकृष्ण कृष्ण आचार्यलाई नेकपा एमाले धादिङले प्रमुखको उम्मेदवारी बनाउने निर्णय गरेको छ ।