धादिङ बैशाख १७ । नेकपा माओवादी केन्द्र धादिङका सहसचिव मनराज भण्डारी धादिङबेसी सदरमुकाम आसपास फैलिएको नीलकण्ठ नगरपालिकाको मेयर पदको लागि उम्मेदवार बन्ने पक्का पक्की भएको छ ।
नेकपा माओवादी केन्द्र धादिङले शुक्रबार मेयरको टिकट दिए सँगै भण्डारी नीलकण्ठ नगरपालिकाको मेयरको उम्मेदवारी दिने पक्का पक्की भएको हो ।
०५९ सालदेखि जनयुद्धको मोर्चामा क्रियाशिल भण्डारी जनयुद्धको क्रममा धादिङबेसी आसपासको इलाकाको इन्चार्ज रहेर कामगर्नु भएको हो । राजनीतिबाट विचलित नभै सबै चिज राजनीति हो भन्दै माओवादी आन्दोलनमा होमिएका भण्डारी नीलकण्ठ नगरपालिकामा माओवादी केन्द्रको तर्फबाट पहिलो उम्मेदवार बनेका छन् । अन्य दलहरुले उम्मेदवारको नाम सार्वजनिक गरि सकेका छैनन् ।
२०५१ सालमा अनेरास्ववियू (क्रा) को सदस्यता प्राप्त । ०५१ सालमै अनेरास्ववियु (क्रा.) निलकण्ठ उच्च मा.वि को विद्यालय मूल ईकाई कमिटि सदस्य ०५३ सालसम्म, ०५४ सालमा वाई.सि.एल., ०५४ साल देखि ०५६ सालसम्म काठमाण्डौं वहुमुखी क्याम्पस, कुलेश्वर काठमाण्डौंकको क्याम्पस मूल ईकाई कमिटि सदस्य, ०५६ साल देखि अन्तिम सम्म धादि¨ वेसींमा पि.टि. को रुपमा कार्यरत । ०५८ श्रावण ३ गते पूर्णकालिन बनेका उनीले जिल्ला समिति सदस्य पहिलो पटक २०५९ मा लिएका थिए । भण्डारी अहिले पनि माओवादी केन्द्रमा सक्रिय छन् ।
नीलकण्ठको मेयर पदका अन्य पार्टीका दावेदारहरु यो पनि पढ्नोस् ।
ठूलो बन्न होइन सेवक बन्न आफ्नो उम्मेदवारी: नारायण कुमार श्रेष्ठ
नीलकण्ठलाई देशकै नमुना नगरपालिका बनाउँछु -भिम ढुङ्गाना
नीलकण्ठ नगरपालिकाको मेयरमा एमालेले अर्जुन गोर्खाली उठाउने