धादिङ बैशाख १७ । धादिङका तीन जिल्ला नेताहरु त्रिपुरा सुन्दरी गाउँपालिका प्रमुखको लागि चुनाव लड्ने भएका छन् ।
नेपाली काँग्रेसका केन्द्र देखि जिल्ला सम्म राम्रो नेटवर्क बनाएका जिल्ला सचिव भैसकेका सल्यानकोट निवासी वासु तिमल्सिना, नेकपा एमालेमा राम्रो छवि बनाएका जिल्ला सचिव भै सकेका मुलपानी घरभएका शम्भु थाप र नेकपा माओवादी केन्द्र धादिङका जिल्ला सचिव सल्यानटार निवासी दलबहादुर बर्लाकोटी एउटै पदका लागि चुनाव लड्ने भएका हुन् ।
नेतै नेताको गाउँपालिकाको रुपमा हेरिने गरेको यस गाउँपालिकामा अस्तित्वका लागि लडाई लड्दा काँग्रेस र माओवादीको चुनावी तालमेल यहि गाउँपालिका आफुले लिने अडान दुवैपाटीले राख्दा भाँडिएको समेत आकलन गरिन्छ ।
यी तीन वटै नेता सालिन स्वभावका र जनता सँग राम्रो सम्बन्ध राख्ने नेता हुन् बैशाख ३१ गते को चुनावमा जनताले कस्लाई जिताउलान् चासोको विषय बन्न थालेको छ । यस गाउँपालिकामा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य पुष्पविक्रम मल्ल, पोलिट ब्यूरो सदस्य जगत सिंखडा, महादिवेशन आयोजक समिति सदस्य तथा जिल्ला उपाध्यक्ष रामबहादुर भण्डारी, पूर्व जनमुत्ति सेनाका कमाण्डरहरु दर्पण, बिनय, पहाड, र सन्देश जस्ता नेताहरु छन् । त्यस्तै नेपाली काँग्रेसका जिल्ला सचिव हरिराम बुर्लाकोटी, फणिकान्त छत्कुली, नवराज तिमल्सिना जस्ता नेताहरु यहि गाउँपालिकाका हुन् ।