१२ कक्षाको प्रश्नपत्रमा काँग्रेस एमालेको भुमिका सोधियो

Avatar photo
Dhadingpost
शनिबार, बैशाख १६, २०७४

धादिङ वैशाख १६, । मुलुक निर्वाचन केन्द्रित बनि रहेको छ, सबै दल र पार्टी समान हैसियतका चुनाव प्रतिस्पर्धा गर्न पाउँछन् तर राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ‘पोल्टिकल साइन्स’ बिषयको प्रश्नपत्रमा काँग्रेस एमालेको भुमिकालाई बिशेष प्रश्न विशेष प्रश्न बनाएको छ ।

अहिले परिक्षार्थी र जनमासमा विवादीत बनेको छ , प्रश्न पत्रको प्रश्न नम्बर ६ मा सोधिएको छ, ‘नेकपा एमालेको भूमिकाबारे चर्चा गर्नुहोस्, अथवा नेपाली कांग्रेसको भूमिकाबारे चर्चा गर्नुहोस् ।’

प्रा. रविन्द्र खनालले यस्तो प्रश्न बनाउने व्यक्ति त्यही पार्टीसँग सम्बन्धित भएको हुन सक्ने आशंका गरे ।

‘पार्टी बिशेष यस्तो प्रश्न सोध्नु गलत हो,’ उनले भने,‘यो प्रश्न बनाउने पार्टी आरेन्टेड भएको हुनुपर्छ ।’ पार्टीगत भन्दा पनि सैद्दान्तिक प्रश्न हुनुपर्ने थियो उनले बताए ।