काँग्रेसको कारण मिलेन, माओवादी केन्द्र बीचको चुनावी तालमेलको

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख १५, २०७४

धादिङ बैशाख १५ । धादिङ जिल्लामा स्थनीय तहको चुनावमा तालमेल गरेर जाने सैद्धान्तिक सहमतिको हस्ताक्षको अवधिमा आएर तालमेल भाँडिन लागेका बताइएको छ ।

नेपाली काँग्रेस भित्रको मतान्तरका कारण माओवादीलाई ६ र काँग्रेसलाई ७ स्थानीय तह लिने सहमति काँग्रेस भित्रै विवादित बनेपछि तालमेल काँग्रेस कै कारण भाँडिन लागेका बताइएको हो ।

बैशाख ६ गते देखि अन्तररीक छलफल गर्दै १४ गते बिहान सम्पूर्ण तयारी पुरागरि ६ गाउँपालिका माओवादीले लिने र अन्य ७ काँग्रेसले लिने गरि बेलुका हस्ताक्षर गर्ने सहमतिमा गरेका थिए । तर काँग्रेसभित्र तालमेल गर्नेमा विमति राख्नहरु सक्रिय हुँदा तलमेल हुन नसकेको बताइन्छ ।

यस्तो थियो आन्तरिक सहमति
क्षेत्र नं. १
रुबी भ्याली गाउँपालिका र नेत्रावती गाउँपालिका माओवादी केन्द्रलाई
अन्य गंगाजमुना, खनियाँबास र त्रिपुरा सुन्दरी काँग्रेसलाई
क्षेत्र नं. २
सिद्धलेक माओवादीलाई अन्य नीलकण्ठ नगरपालिका, ज्वालामुखि काँग्रेसलाई
त्यस्तै
क्षेत्र नं. ३
बेनिघाट रोराङ, गजुरी र थाँक्रे गाउँपालिका माओवादी केन्द्रलाई अन्य धुनीबेसी नगरपालिका र गल्छी काँग्रेसले लिने आन्तरीक सहमति गरेका थिए ।

६ र ७ को निर्णय सँगै काँग्रेस र माओवादी केन्द्रका नेताहरुलाई आफ्नै कार्यकर्ताबाट ठुलो दवाव आयो तालमेल ठिक भएन भनेर । माओवादी केन्द्रले आन्तरिक छलफल चलायो र संख्या त्यहि अनुरुप गर्ने र गाउँपालिका परिवर्तन गर्न काँग्रेस सँग थप छलफल गर्ने, यहि बेला आक्र्रोसित काँग्रेस कार्यकर्ताहरु माओवादीलाई ६ दिएकोमा आक्रोससित बन्दै नेतृत्वलाई एकल लड्न दवाव दिइरहेका थिए, बैठकमा सभापति रमेश धमलाले राजनीतिक एलाइन्समा लिने र दिने दुबै हुने तर्क प्रस्तुत गरेका थिए तर वैठक मिल्ने भन्दा नमिल्न तर्फ अगाडी बढेको जानकारी पाएपछि माओवादी केन्द्रले आफ्ना उम्मेदवारहरुलाई तालमेल नहुने जानकारी गराएका छन् ।

धादिङपोष्ट सँग कुरा गदै माओवादी केन्द्रका जिल्ला अध्यक्ष शालिकराम जमकट्टेले हाम्रो पार्टीले गरेका निर्णय कार्यान्वयनमा जान तयार छ, तर समस्या काँग्रेसमा देखिएकोले तालमेल नहुने अवस्था सृजना उत्पन्न भएको बताउनु भयो ।

यस्तै नेपाली काँग्रेसका सभापति रमेश धमलाले काँग्रस आफ्नै मिटिङमा छ हामी बेलुका सम्म टुङ्ग्याउछौँ तर तालमेलको सम्भावना न्यून हुँदै गएको छ ।