अब, रहेनन् रामचन्द्र रेग्मी

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख १५, २०७४

धादिङ बेशाख १५ । जिल्ला भू संरक्षण कार्यालय धादिंगका लेखापाल एवम् माओवादी केन्द्र नीकट नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का धादिंग जिल्ला अध्यक्ष रामचन्द्र रेग्मीको निधन भएको छ ।
विगत १ वर्ष देखि काठमाडौ रहुनु भएका रेग्मी को बिहिवार भक्तपुर स्थित हरिसिद्धि अस्पतालमा असामयीक निधन भएको थियोे ।
रेग्मी रेडियो बिहानी संचालन गरि रहेको सहिद स्मृति संचार सहकारीको २ कार्यकाल पूर्व कोषाध्यक्ष तथा संस्थापक सदस्य समेत हुनुहुन्थ्यो ।
सहिद स्मृति संचार सहकारीका अध्यक्ष जगत सिंखडाले सहकारीका संस्थापक सदस्य रामचन्द्र रेग्मीको असामयिक निधनको खबरले अत्यन्त मर्माहत बनाएको छ, उहाँको निधनको यो दुखद घडीमा उहाँको आत्माको चिर शान्तिको लागि र शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ती प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।