धादिङ, बैशाख १५ गते । गजुरी गाउँपालिकामा नेपाली काँग्रेसको चुनावी सभामा पुगेर धादिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रभात किरण सुवेदीले नेपाली काँग्रसमा प्रवेस गरेका छन् ।
नव प्रवेसी सुवेदीलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले सदस्यता प्रदान गर्दै पार्टी प्रवेश गराउनु भएको थियो । सुवेदीले आफु नेपाली काँग्रेस पार्टीको लोकतन्त्र प्रतिको निष्ठा, प्रष्ट आर्थिक नीति र दुरदर्शिताका कारण प्रभावित हुँदै काँग्रेस कार्यकर्ता बनेका बताउनु भएको थियो ।
गजुरी गाउँपालिमा बिहिबार सम्पन्न, गाउँपालिका स्तरीय सभामा सम्बोधन गर्दै काँग्रेसका केन्द्रीय सदस्य डा. महतले नेपालमा भएका हरेक परिवर्तनको नेतृत्व काँग्रेसले गरेको बताउनु भयो । डा. महतले देशमा अब आर्थिक सामाजिक विकासको आवश्यकता भएको र त्यसको नेतृत्व नेपाली काँग्रेसले मात्र गर्न सक्ने बताउनु भयो । स्थानीय स्वायत्य शासनको सपना विपीले २००७ सालमा देख्नुभएको बताउँदै महतले सो सपनालाई पुरा गर्ने अवसर हामीलाई प्राप्त भएको बताउनु भयो ।
स्थानीय निर्वाचन हुनेमा अब संका नगर्न आग्रह गर्दै सबै कार्यकर्ता एक भएर चुनावी अभियानमा लाग्न आग्रह गर्नु भयो । स्थानीय निर्वाचनमा सहमति र लोकप्रियताका आधारमा उम्मेदवार छानिनेमा विश्वस्त रहेको बताउँदै डा महतले निर्वाचन काँग्रेसले जित्नु पर्छ, र जित्छ पनि । सोही सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले काँग्रेस समयमा नै कार्य समितिको बैठकबाट स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने बताउनु भयो । साथै धमलाले काँग्रेस प्रति जनताको विश्वास रहेकाले गाउँ गाउँमा काँग्रेस बन्नेहरुको लहर आएको बताउनु भयो ।