धादिङ, बैशाख १५ । मुलुक स्थानीय चुनावमा होमिएको छ, चुनावी नतिजालाई आफ्नो पक्षमा ल्याउन हर प्रयासले काँग्रेस, एमाले र माओवादी लाई भोट माग्ने मनसायले सामाजिक संजालहरुमा गीत, म्यूजिक भिडियोहरु गुन्जन थालेका छन् ।
प्रमुख तीन ठूला दलले चुनावी गीत नै बनाएर यूट्युवमा अपलोड गरेका छन्, सामाजिक सञ्जालहरुमा पनि प्रचारप्रसार तीब्र पारिएको छ ।
कांग्रेसले ‘उठ हे उठ नेपाली, कांग्रेसलाई जिताउन लाग नेपाली, चारतारा झण्डा बोकी जाग नेपाली, गाउँ शहर बस्तीबाट लाग नेपाली’ भन्ने बोलको चुनावी गीत बनाएको छ ।
यस्तै नेकपा एमालेको ‘सही पनि एमाले, मै पनि एमाले.., ‘भोट केमा सूर्यमा’ भन्दै भोट मागेका छन् ।
माओवादी केन्द्रका भने दर्जन भन्दा बढी गितहरु बजारमा आएका छन् । सिंहदरबारको अधिकार जनताको घरघरमा, मुलुक परिवर्तनका एजेण्डा माओवादीको, घगोलाकार भित्रको हँसिया हथौडालाई भोट जस्ता गीतहरु सार्वजनिक भएका छन् ।