धादिङ बैशाख १४ । जिल्ला वार एसोसिएसन शाखा धादिङका निवर्तमान अध्यक्ष दुर्गा तिवारी चढेको एम्बुलेन्स दुर्घटना हुँदा तिवारी गम्भीर घाइते हुनु भएको छ ।
बुवालाई उपचारको लागि काठमाडौ लाने क्रममा बुधबार राती धादिङ सिम्लेमा विपरित दिशाबाट आएको ट्रकले एम्बुलेन्सलाई ठक्कर दिदाँ घाईते हुनुभएका तिवारीलाई काठमाडौ स्थित ट्रमा सेन्टरको सघन उपचार कक्षमा राखिएको छ ।
टाउकोमा रगत जमेको छ, मुटुको चाल हेर्दा आत्हिाल्नु पर्ने छैन,तर टाउकोमा रगत जमेकोले अवस्था गम्भीर छ, विरअस्पतालमा कार्यरत धादिङबेसी शान्तबजार घर भएका डा. रामथापा क्षेत्रीले बताउनु भयो ।
यस्तै घाइतेहरुलाई भेटेर आउनु भएका वार एसोसिएसन धादिङका पूर्व अध्यक्ष विश्वराज अधिकारीका अनुसार बिरामी लिएर गएको एम्बुलेन्समा रहेका चालन, दुर्गा तिवारी उनको बुवा, भाइ मोदनाथ तिवारी र हरि तिवारी घाइते भएका थिए । यी सबैको ट्रमा सेन्टरमा उपचार जारी छ ।