धादिङबेसी बैशाख १४ गते । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र धादिङले बैशाख ३१ गते हुन गहिरहेको स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेका छन् ।
बैशाख ९ गते देखि लगातारको बैठक पछि स्थानीय तहको निर्वाचनमा मिलेर जाने निर्णय आज गरेका हुन् ।
बिहिबार बिहान बसेको २ पार्टीका शिर्षस्त नेताहरुले धादिङका १३ वटा स्थानिय तह मध्ये ७ वटा नेपाली काँग्रेस र बाँकी ६ गाउँपालिका माओवादी केन्द्रले लिने गरि सहमति गरेका हुन् ।
कुन कुन नगरपालिका र गाउँपालिका कस्ले लिने भन्न चाहिे ति दलले सार्वजनिक गरेका छैनन् । विहिबार बेलुका सहमति पत्रमा हस्ताक्षर गरेपछि सार्वजनिक हुने नेताहरुले बताए ।
उत्तरी क्षेत्रका गाउँपालिकाबाट २, मध्यक्षेत्रबाट १ र दक्षिणबाट ३ गाउँपालिका माओवादी केन्द्रलाई र अन्य सबै काँग्रेसले लिने नेपाली काँग्रेस धादिङका एक नेताले धादिङपोष्टलाई बताए ।