धादिङ बैशाख १३ । जिल्लाको उत्तरी रुवीभ्याली घुम्न आएका ताईवानी जोडी वेपत्ता भएको ४७ दिनपछि आज फेला परेका छन् ।
फागुन २५ गते गतेदेखि ताईवानका १९ वर्षीया लिउ चेन चुन र लियाङ शेङ यु रुविभ्यालिमा हराइरहेका थिए । खोजविनको क्रममा आज स्थानिय दावा तामाङले उनीहरुलाई फेला पारेका हुन् । १९ वर्षीया लिउ चेन चुन हिउँमा चिप्लिएर रुखको हाँगामा अड्किएका र जिवितै भेटिएका हुन भने लियाङ शेङ यु मृत अवस्थामा भेटिएका हुन् ।
गणेश हिमाल विकास समिति धादिङका अध्यक्ष तेज गुरुङले धादिङपोष्ठलाई जानकारी दिनु भएअनुसार ४७ दिन सम्म रुखमा अल्झिएर जिवितै रहेका र लिउ चेन चुन मृत भेटिएकी लियाङ शेङ यु लाई उद्दारको लागि काठमाडौबाट हेलिकप्टर पठाई सकिएको छ ।
एसियन ट्रेकिङ प्रालिमार्फत सदरमुकाम हुदैं फागुन २५ गते आएका थिए । ३ दिन तिप्लिङको लवदुङस्थित होमस्टेमा वास वसेका थिए । २६ गते देखि उत्तरी भेगमा भारी हिमपात भएको थियो । ‘लेकमा लगातार हिमपात भएकै दिन नजाउ भन्दा भन्दै हिडेका थिए ।