धादिङ बैशाख १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी घोषणा पत्र जनता सामु ल्याएको छ । गाई पाल्ने कृषकलाई स्थानीय कर मिनाहा, निशुल्क पशुबिमा र सहुलियतमा ऋण । गौपालनलाई विशेष प्रोत्साहन । कुखुरा लगायत पशुपन्छी पाल्नेलाई पनि सोही बमोजिमको सुविधा र सहुलियत दिने घोषणा पत्रमा उल्लेख गरेको छ ।
उसले गाईको रक्षाका लागि प्रत्येक स्थानीय तहमा गौशाला निर्माण । गौहत्या पूर्णरुपमा निषेध । यस्तो अपराधमा संलग्न हुनेलाई कानुनबमोजिम कारबाही । गरिने समेत घोषणा पत्रमा राखेको छ ।
यस्तै प्रत्येक घरमा बिजुली र पानी, नगरमा सिटी बस, १० वर्षभित्र प्रत्येक नगरपालिकामा स्मार्ट सिटी बनाउने, प्रत्येक वडामा ५ वर्षभित्र मोटरबाटो, प्रत्येक घरमा बिजुली र खानेपानीपुर्याउने, कुल २० प्रतिशत बजेट शिक्षामा खर्च गर्ने, माध्यमिक तहसम्मको पढाइ निशुल्क गर्दै शिक्षामा राजनीतिकरण अन्त्य गर्ने, गाउँपालिका तथा नगरपालिकाको छात्रवृत्तिमा हरेक वर्ष १र१ जना विद्यार्थीलाई डाक्टर र इञ्जिनियर पढाउने जस्ता विशेष महोत्काक्षी योजनाहरु आफ्नो घोषणा पत्रमा समावेश गरेको छ ।