नन्दप्र. काप्री बाबुरामको हातबाट नयाँ शक्तिमा प्रवेस

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १३, २०७४

धादिङ बैशाख १३ । नयाँ शक्तिका केन्द्रीय संयोजक बाबुरामको हातबाट स्वागत थाप्दै राप्रपा धादिङका जिल्ला अध्यक्षका प्रत्यासी नन्दप्रसाद काप्री नयाँ शक्तिमा प्रवेस गरेका छन् ।

राप्रपाको जिल्ला अधिवेशनमा थोरै मतले अध्यक्षमा हारेका काप्रीले केहि साता अघि पाटी छाडेको पत्रकारहरुलाई बताएका थिए उनी मंगलबार नयाँ शक्तिको केन्द्रीय कार्यालय पुगी प्रवेस गरेका हुन् ।

राप्रपा नेपाल र राप्रपा बीचको पार्टी एकता र जिल्ला अधिवेशनबाट असन्तुष्ट बनेका काप्री नयाँ शक्ति पार्टी प्रवेसको लागि काठमाडौ पुगेका थिए ।

नयाँ शक्तिमा आउनेको आइरो छ, नन्दप्र. काप्री आउनुमा हामी धेरै हर्षित र धेरै दुख पनि छैनौं । उनी नामले नन्द काप्री हुन्, उनी पछाडी आउने धेरै छैनन्,उनी भन्दा स्थापित अन्य मान्छेहरु पनि आउदै छन् नयाँ शक्ति धादिङका एक नेताले धादिङपोष्टलाई बताए ।