सरकारी कार्यालयहरुका वेबसाइट निशुल्क हेर्न सक्ने

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १३, २०७४

काठमाडौं बैशाख १३ । नेपाल टेलिकमले नेपाल सरकारी कार्यालयहरुका वेबसाइट सर्वसाधारणले निशुल्क हेर्न सक्ने सुविधा सुरु गरेको छ ।

बैशाख १ देखि सरकारबाट सञ्चालित जिओभी डट एनपी डोमेनमा रहेका करिब साढे पाँच सयवटा वेबसाइट जिएसएम मोवाइल सेवाबाट निशुलक भिजिट गर्न पाउने व्यवस्था मिलाएको हो ।

सरकारी सूचना र जानकारीलाई सार्वसाधारणको पहुँचमा पुरयाउन सेवा सुरु गरिएको टेलिकमले जनाएको खबर आजको नागरिकमा छ ।