मकाउबाट प्रजुन अधिकारी भन्छन् -पार्टी हेरेर हैन उम्मेदवार हेरेर भोट दिऔं

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १२, २०७४

राजनीतिक अनुभव
गंगा जमुना गाऊपालिका वाडा नं ५ फुलखर्कको स्थाई निवासी प्रजुन कुमार अधिकारी २०२४।७।१ मा फुलखर्कमा जन्म भयो ।
प्राइमरी देखि माध्यामिक लेवल सम्म श्री मण्डली माध्यामिक विध्यालय फुलखर्कमा अध्ययन गरि रहँदा २०३७ नेपाली काँग्रेको सदस्यतालिई नेपाली कांग्रेसमा आबद्ध, २०३९ सालको विध्यार्थी युनियनको नेपाली कांग्रेसबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिई विध्यार्थी युनियनको चुनावमा प्रतिपक्ष संग प्रतिस्पर्धा र संघर्ष गरि राजनितिको सुरूवात, २०४१ सालबाट आदरणिय दाजु ज्योति अधिकारीबाट कम्युनिस्टको बारेमा धेरै कुरा बुझेर कम्युनिस्टको सिद्धान्त मन परेर कम्युनिस्ट पार्टीको सदस्यता, यहि मेरो राजनीतिक अनुभव र चासो ।

सेनाको जागीर
२०४१-२०४३ साल सम्म गाउँमा रही समाज सेवामा संग्लग्न र २०४३ बाट तत्कालिन शाही नेपाली सेनामा भर्ना भई देँशको सेवा गर्ने र समय संगै भक्तपुर बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययनलाई एकसाथ बढ़ाउदै २०४९ सालमा संयुक्त राष्टसंघको आह्वानमा शान्तिसेना ६ महिना लेबनानमा कार्यरत रहि त्यहाँको छिमेकी राष्ट ईजराईल,जोर्डन समुन्द्रिक लेबल मृत सागर भिजिट र त्यहाँको सामाजिक धार्मिक आर्थिक राजनितिक स्थिति बारेमा धेरै कुराको ज्ञान अनुभव ६ महिना पछि नेपाल फिर्ता भई सेही कार्यमा रहि देशको सेवा गर्दै आउँदा लामो समय देखि कान्तिपुर र आस्था पत्रिका व्यक्ति गत पैसामा दैनिक र साप्ताहिक प्रत्रिका पढेको कारण सेनाको जिम्मेवार अफिसरबाट अवान्छनिय तत्व र आतङकारी जस्ता गाली गलौजले जागिरको दौरानमा फेरि समर्थक बन्न पुगेँ ।

धादिङ कटुन्जेको ईन्द्र बाहादुर गुरूङले कान्तिपुर पहिला देखि पढदै आयको र आस्था प्रत्रिका पनि उसको व्यक्तिगत पैसामा पढेको, हामीले पनि उसै मार्फत प्रत्रिका मँगाई पढेको भनि यथार्थ कुरा गर्दा पनि त को होस ? किन व्यक्तिगत पत्रिका पँढने भनी तनाव र डिप्रेशन दिन थालियो । त्यही समयमा कमाण्डिङले सालीको छोरीको विहे व्यारेकमा जग्य बनाई जन्ती ल्याई गरियो जहाँ एउटा मानिस भेट्न आउँदा पनि पास र स्वीकृती वेगर पास इसु गरेर भित्र जान पाऊछ, त्यो कार्यको आस्था प्रत्रिकामा निस्किएछ अनि मलाई आरोप लगाई प्रत्यक्ष अप्रत्यक्ष दोष लगाईयो अनि लागेको खर्च म तिर्छु पत्रिका निकाल्ने पत्ता लगा कार्वाही गर भन्दा पनि तेरै काम भनि दोषारोपण गरी प्रत्यक्ष र अप्रत्यक्ष रूपमा तनाब र डिप्रेशन दिन थालेपछि झन माओवादीको पक्का शुभचिन्तक बन्न पुगेँ ।

मेरो भाई बासुकुमार अधिकारीलाई माओवादी भनि १ महिना थुनेको र ३/४ दिन सम्म वेपत्ता पारेपछि, २०५८ मंसिरबाट संकटकालपछि २०५९ चैत्रबाट सधाको लागि सेनाको जागिरबाट विदा भएँ । २०६२ सालदेखि चिनको स्वसासित क्षेत्र मकाउमा अवछिन्न रूपमा रोजगार तथा विदेशमा साथीहरूलाई परेको समस्यामा सामाजिक कामहरू गरि सबैलाई परेको समस्याहरूको समाधान गर्ने सामाजिक कार्यहरूमा संग्लग्न रहिरहेको छु ।

नयाँ शक्तिप्रति अकर्षण
मलाई बाबुराम पहिले देखिनै मन पर्ने नेता, डाक्टर बाबुराम भट्टराईले बौद्धिकतालाई पैसामा कहिल्यै तुलना गर्नु भएन देशको बिद्वान इन्जिनियर आर्केटिक मानिस एउटा सिक्नेचर गरेको भरमा लाखौ करोडौ कमाउन सक्ने मानिस यसरी देश बनाउछु भनेर लाग्नु र अरू बिद्वान नेताहरू पनि कृषि बिशेषज्ञ पनि सबै यहि पार्टीमा लागेको र नयाँ शक्तिले ल्याएको ५ वटा स र प्रत्यक्ष जननिर्बाचित कार्यकारी प्रमुख यो सारै मन परेको एजेण्डा हो ।
गणतन्त्र र लोकतन्त्रमा जनताले आफुले आफ्नो नेतृत्व गर्ने व्यक्ति छान्न पाऊदैन भनि यो कस्तो क़िसिम को गणतन्त्र हो लोकतन्त्र हो देशको एउटा जिल्लाको एउटा क्षेत्रबाट चुनाव जितेर सिंगो राष्ट्रमा शासन गर्नु भनेको हात्ती माथि झिंगा बस्नु हो । त्यसैले प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रमुख र अबको निकास आर्थिक विकास भन्ने चाहि अति महत्वपुर्ण कुरा हो यही एजेण्डालाई पिछा गरी नयाँ शक्तिमा लागेको हो ।

जब नयाँ शक्ति पार्टी स्थापना भयो, त्यो बेला नयाँ शक्ति पार्टीको सदस्य बनेर मकाउमा पनि अन्तराष्टि«य नेपाली समाज ष्लक मकाउको संस्था स्थापना गरि त्यसको नेतृत्व सम्हालि संयोजक मा रहि काम गर्दै आएको छु, पार्टीलाई चाहिएको आर्थिक बौद्धिक र राजनैतिक सहयोग र सल्लाह परामर्षहरू गर्दै रहेको छु ।

२०५४ सालमा भएको स्थानीय चुनावमा पनि गाउँको लागी विकास चाहिन्छ भनि राम्रो मानिस छनौटको लागी कुनै पनि सेवा ज़ागिर र ज्यान धनको प्रवाह नगरी सहभागी हुन गएको थिए तर यो पटक भने सहभागी हुन नसक्ने अवस्थामा छु ।

मेरो गाउँपालिका गंगा जमुना गाऊ पालिकालाई निम्न केही कुरा भन्न चाहन्छु ।
१. कुरा होईन काम भाषण होईन बिकास चाहन्छ
२. अबको हाम्रो साथ कुरा होइन काम गर्नेलाई
‘गंगा–जमुना गाउँपालिका’ धादिङ्ग जिल्लाको ऊत्तरी क्षेत्रको ५ वटा गाउँ बिकास समितीहरू रि, गुम्दी, फुलखर्क, बसेरी, बुढाथुमलाई जोडेर कुल क्षेत्रफल १५२.७२ बर्ग किलो मिटर कुल जन संख्या २१,७८४ रहेको एऊटा उदाहरणीय धार्मिक तथा पर्यटकिय क्षेत्र संग जोडिएको गंगा–जमुना नामबाट नामकरण गरिएको गंगा–जमुना गाउँपालिका जिल्लाकै सबैभन्दा बढी जनजाति भएको क्षेत्रमा पर्दछ ।
पुस्तौदेखि क्षेत्री बाहुनको बाहुल्य रहेको तथा जनजाती दलित तथा महिलाहरूलाई दबायर राखिएको क्षेत्र हो भन्दा फरक नपर्ला । अब गंगा–जमुना गाउँपालिकालाई नमुना र बिकसित गाउँपालिका बनाउनका लागी स्थानिय निकायको मुख्य भुमिका रहने भएको हुँदा स्थानीय निकायलाई पारदर्शि र बलियो बनाउन जरूरी छ । अहिले देश स्थानीय निकायको चुनावी तयारीमा लागि रहेको छ । त्यसकारण हामीले पनि आफ्नो गाउँपालिकाका लागि योग्य, दक्ष, समाजसेवी र निम्न सर्त अनुसारको नियमभित्र रहेर उमेदवारी दर्ता गराऊन आवस्यक रहेको मैले ठानेको छु ।

सर्त र योग्यता
१. स्थाई बसोबास गाउँमा नै भएको स्थाई रूपमा गाउँमा बसोबास गरेको ।
२. शहरी करण नगरेको शहर बजारमा घर जग्गा केही नभएको ।
३. जिवनमा कुनै पनि भष्टाचार नगरेको स्वच्छ ब्यक्ती हुन पर्ने ।
४. गाउँको कुनै पनि कलंक कालो दाग नलागेको नारीलाई सम्मान ईज्जत दिन जानेको ।
५. ४–५ वर्षदेखि अवछिन्न रूपमा गाउँमा समाज सेवामा तल्लिन भएर काम गरेको ।
६. कुनै पनि नेताको चिया खाएर झोला बोकेर मोलेर पछि नलागेको आफ्नो बल बुद्धि र बिवेकबाट काम गर्न सक्ने ब्यक्ती हुनुपर्ने ।
७. कुनैपनि संघसंस्था बैक स्कुल हस्पिटलमा सर्भिस गरेको भए कुनै पनि भष्टाचार अनियमता नगरेको भनि सम्बन्धित निकायले प्रमाणित हुनपर्ने ।
८. सामाजिक काम गरेको उल्लेखनिय प्रसंसापत्र लिएको ब्यक्ती हुनपर्ने ।
९. कुनै पनि बैक संघ संस्था एनजिओ आईएनजिओबाट ऋण लिएर कालो सूचीमा नपरेको स्वच्छ ब्यक्ती हुनपर्ने ।
१०. बालबिबाह बहुबिबाह र फौजदारी र सामाजिक धार्मिक आर्थिक बिभागमा नमुछिएको । स्वच्छ छबि भएको ।
११. देश तथा बिदेशको बिकास देखेर बिकास योजना र आफ्नो क्षेत्रका लागि कार्यान्वयन गर्न सक्ने ।
१२. झुट्टा ठूला–ठूला कुरा र भाषण मात्र होईन समाजमा काम गरेर देखाउन सक्ने ब्यक्ती हुनपर्ने ।

नोट: यस्तो ब्यक्ती भएमा पार्टी ABCD जो सुकै होस्, स्थानीयमा आउन जरुरी र त्यस्ता व्यक्तिलाई सहयोग गर्नु हामी सबैको धर्म र कर्तव्य पनि हो ।
यस अघि प्रकाशित प्रजुन अधिकारीको लेख
धादिङको स्थानिय पुनरसंरचना र पर्यटन जोडिएको नामाकरण