धादिङ बैशाख १२ । नयाँ शक्ति नेपाल पार्टी धादिङले नेत्रावती गाउँपलिकामा पूर्व सभाषद बीरबहादुर तामाङलाई गाउँपलिका प्रमुख र नीलकण्ठ नगरपालिकाको मेयरमा केशव अधिकारीलाई उठाउने निर्णय गरेको छ ।
धादिङबेसीमा सम्पन्न नयाँ शक्तिको वैठकले नीलकण्ठ र नेत्रावतीमा क्रमस तामाङ र अधिकारीलाई उठाउने निर्णय गरेको हो ।
यस्तै बैठकले रूबि भ्यालिगाउँपालिका प्रमुखमा प्रमुख इमान तामाङ, खनियाबास गाउँ पालिका प्रमुखमा इन्द्र बहादुर तामाङ, त्रिपुरासुन्दरी गाउँपालिका प्रमुखमा हरि धरेल, गजुरी गाउँपालिका प्रमुखमा दिनेश भन्डारी उठाउने निर्णय गरेको छ । यसैगरी गल्छी गाउँपालिकामा नकुल थापा र धुनबिेसी नगरपालिकामा सुरेन्द्र तामाङलाई उठायने निर्णय समेत उक्त वैठकले गरेको नयाँ शक्तिका नेता राम ढकालले बताउनु भयो ।
कल्पना धमलाले आफ्नो फेसबुक मार्फत धादिङका नयाँ शक्तिका उम्मेदवारहरुलाई अग्रिम बधाई दिदै यस्तो लेख्नु भएको छ- नयाँ शक्ति पार्टी धादिङ जिल्लाको नगरपालिका र गाउँपालिकाका उम्मेदवारहरु निलकण्ठ नगरपालिका मेयर-केशव अधिकारी, रूबि भयालि गाउँपालिका-प्रमुख इमान तामाङ, खनियाबास गाउँ पालिका- इन्द्र बहादुर तामाङ-प्रमुख, निकिता तामाङ-उपप्रमुख, नेत्रावती गाउँ पालिका-प्रमुख बिर बहादुर तामाङ, गंगाजमुना गाउँपालिका-उपप्रमुख सरस्वती सिङखडा, त्रिपुरासुन्दरी गाउँपालिका-प्रमुख हरि धरेल, गजुरी गाउँपालिका-प्रमुख दिनेश भन्डारी-सिंगो टिम लाई हार्दिक बधाई तथा बिजयको अग्रिम शुभकामना ।