सुर्खेत बैशाख ११ । स्थानीय तहको निर्वाचनको विरोध गर्न सभा आयोजना गरेका विप्लव नेतृत्व नेकपा का २ केन्द्रीय सदस्यसहित ३२ कार्यकर्ताहरू प्रहरीले पक्राउ गरेको छ ।
निर्वाचन खारेज गर्नुपर्ने माग गर्दै विरोध स्वरुप सुर्खेत वीरेन्द्रनगरको पीपलचौतारीमा विरोधसभाको तयारीमा रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विपल्प नेतृत्वको नेकपाका केन्द्रीय सदस्यद्वय सविता सिंह र हिमालसहित सुर्खेत जिल्ला इन्चार्ज धुव्र, सेक्रेटरी यामराज र ३२ जना रहेका छन् ।