काठमाडौं , बैशाख ११ गते । सरकारले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
प्रदेश नम्बर १, २, ५ र ७ मा हुन लागेको स्थानीय तहको जेष्ठ ३१ गतेको निर्वाचनको लागि जेठ १९ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्तालिका आयोगले सार्वजनिक गरेको हो ।
त्यस्तै जेठ १९ गते उम्मेदवारको सूची प्रकाशन गर्ने, २० गते उम्मेदवारविरुद्ध उजुरी दिने, २० गते नै मनोनयन पत्रको जाँच गर्ने कार्यतालिका रहेको छ। त्यसपछि जेठ २१ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २१ गते नै उम्मेदवारले नाम फिर्ता लिन सक्ने, २२ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र त्यसै दिन उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ।