धादिङमा १०९ मतदान स्थल र २५१ केन्द्र, २०६०२ मतदाता

Avatar photo
Dhadingpost
सोमवार, बैशाख ११, २०७४

election-073धादिङ बैशाख ११ गते । स्थानीय तहको निर्वाचन, वैशाख ३१ गते, आइतबार (बिहान ७ बजे देखि अपरान्ह ५ बजे सम्म) हुने मिति तय भइसकेको छ । नेपालभर निर्वाचनमा ७४४ वटा स्थानीय तहका लागि ३६ हजार ६३९ पदमा निर्वाचन हुनेछ । यस निर्वाचनबाट ४ महानगरपालिका, १३ उपमहानगरपालिका र २४६ नगरपालिकाका लागि २६३ जना प्रमुख र उपप्रमुख गरी ७२६ जना निर्वाचित हुने छन् ।
यसैगरी, ४८१ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी ९६२ जना निर्वाचित हुनेछन् । ६ हजार ६८० वडाबाट त्यतिकै संख्यामा वडाअध्यक्ष र देशभरबाट २६ हजार ७२० वडा सदस्य निर्वाचित हुनेछन् ।
निर्वाचन आयोगले धादिङका मतदान केन्द्र र मतदान स्थल सार्वजनिक गरे सँगै नमुना मत पत्र सार्वजनिक गरेको छ । धादिङमा २ नगरपालिका र ११ गाउँपालिका भित्र पर्ने गरि १ सय ९ मतदान स्थल र २ सय ५१ मतदान केन्द्र रहने छ । कुल २ लाख ६ हजार ००२ मतदाता रहेको धादिङ जिल्लामा दर्ता भएका १६ वटा दलहरु नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (माले), नेपाली काँगे्रस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेलिनवादी), जनजागरण पार्टी नेपाल, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पाटी, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, नयाँ शक्ति पार्टी, नेपाल, देशभक्त पर्यावरणीय समाजिक मोर्चा ( देपसा), राष्ट्रिय शिवसेना पार्टी, विवेकशील नेपाली दल, नेपाल समावेशी पार्टी, गान्धिवादी पार्टी नेपाल, हाम्रो पार्टी, शान्ति पार्टी नेपाल रहेका छन् ।