लैङ्गिक हिसा, एकद्धवार संकट व्यवस्थापन केन्द्र स्थापना र संचालन सम्वन्धी अभिमुखीकरण

Avatar photo
Dhadingpost
सोमवार, बैशाख ११, २०७४

धादिङबेसी बैशाख ११ गते । अस्पतालमा आधारित लैङ्गिक हिसा सम्वन्धी एकद्धवार संकट व्यवस्थापन केन्द्र स्थापना र संचालन सम्वन्धी अभिमुखीकरण कार्यक्रम आज धादिङवेशीमा सम्पन्न भएको छ ।

जिल्ला स्वास्थ्य कार्यलय धादिङको आयोजनामा संचालित कार्यक्रममा लैङ्गिक हिंसा सम्वन्धी एकद्धवार संकट व्यवस्थापन गर्नको लागि सरोकारवालाहरुसंग व्यवस्थापन केन्द्र बारे छलफल सम्पन्न हो ।

कार्यक्रममा लैङ्गिक हिंसा भनेको के हो र लैङ्गिकता र यौनिकतामा के फरक छ भन्ने विषयमा छलफल भएकाो थियो । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा संचालित कार्यक्रममा स्वास्थ्य मन्त्रालय केन्द्रका प्रवक्ताहरुले अस्पतालमा आधारित लैङ्गिक हिंसा सम्वन्धी एकद्धार संकट व्यवस्थापन केन्द्र स्थापना र संचालनको लागि आएका समस्या र यसका विशेषता तथा समाधानको विषयमा जानकारी गराएका थिए ।

हिंसामा परेका घटनालाई कथामा नभई व्यवहार र कानुनी रुपमा उतार्न परामर्श सेवा दिनुपर्ने धादिङ जिल्लामा पनि हिंसामा परेका घटनालाई वाहिर ल्याउन प्रचार प्रसार गर्न र अब अस्पतालमा हुने हिंसाको लागि केन्द्र स्थापना गर्ने विषयमा चाडै छलफल गर्ने प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एकद्धवार संकट व्यवस्थापनले लैङ्गिक हिसा सम्वन्धी एकद्धवार संकट व्यवस्थापन केन्द्र स्थापना गरी हिंसा प्रभावितलाई स्वास्थ्य उपचार लगायत अन्य आवश्यक सेवाहरु एकिकृत रुपमा उपलव्ध गराउने व्यवस्था मिलाई लैङ्गिक हिंसा नियन्त्रणमा योगदान पु¥याउने जस्ता कार्यहरु गरिने कार्यक्रममा बताईएको छ ।