बन्दै गरेको त्रिशुली माथिको भुत्यहा पुल भाँचियो १ जना घाइते

Avatar photo
Dhadingpost
आइतवार, बैशाख १०, २०७४

अर्जुन खतिवडा,
धादिङ बैशाख १० ।
गल्छी गाउँपालिका र गजुरी गाउँपालिका जोड्ने साविकको बैरेनी गाविस जोड्ने त्रिशुली माथिको भुत्याहापुल आज विहान ११ बजे भाँचिएको छ ।

बन्दे गरेको उक्त पुल भाँचिदा १ जना गम्भिर घाईते भएका छन् भने अन्य २ जना समान्य घाईते भएका छन् ।

गम्भीर अवस्था घाइतेको काठमाण्डौको स्थित गणेशमान अस्पतालमा उपचार भईरहेको बताइएको छ ।

मिनि फ्याक्चरको कमजोरीले पुल भाँचिएका इन्जिनिएर दुर्योधन रेग्मीले बताउनुभयो । हेप्पेटार अन्तराष्ट्रिय गैर सरकारी संस्थाद्धारा इष्टमेट गरीएको र जलप नेपाल चितवनबाट पुल निर्माण सामाग्री खरीद गरि निमार्ण कार्य जारी थियो । ठेकेदारको लापरवाहि र काम छिटो भ्याउने उदेश्यले काम गरेको दर्घटना भएको हुन सक्ने स्थानियले बताएका छन् । साथै भत्किएको पुल पुर्णरुपमा हटाई पुन निर्माण गर्न
समेत स्थानीयले माग गरेको छन् ।