धादिङबेसी बैशाख ९ । नेकपा एमालेका युवा नेता अर्जुनकुमार श्रेष्ठ (गोर्खाली) नीलकण्ठ नगरपालिका धादिङबेसीको मेयर पदका आकाक्षी हुन् ।
नेकपा एमाले धादिङले उम्मेदवार छनौटको जिम्मा जिल्ला अध्यक्षलाई दिए सँगै १ भन्दा बढी आकाक्षी भएपनि नीलकण्ठ नगरपालिकाको मेयर पदको उम्मेदवार अर्जुन गोरर्खाली नै हुने एमालेका एक जिल्ला नेताले बताए । नीलकण्ठ नगरपालिकामा स्पष्ट र खरो स्वभाव भएका अर्जुन नै बलिया उम्मेदवार हुन् उनको जनसमर्थन बलियो छ, जित्ने उम्मेदवार निर्वाचनमा चाहिने हुनाले अर्जुन गोर्खालीलाई नै उम्मेदवारी बनाउन नेकपा एमालेले तयारी गरेको नेताले धादिङपोष्टलाई बताए ।
विगतको चुनावको नतिजा भत्तकाउन सक्छु, एमालेलाई जिताउन मेयरको उम्मेदवार बन्ने सोच बनाएको तर आफु पार्टीको सिपाही भएको नाताले पार्टीको निर्णय नै अन्तिम निर्णय हुने अर्जुन गार्खालीले बताउनु भयो ।
को हुन अर्जुन गोर्खाली ?
नीलकण्ठ नगरपालीका वर्डा न ३ का स्थानीय अर्जुन कुमार श्रेष्ठ (गोर्खाली) ले ०४४ सालमा एमालेको विद्यार्थी संगठनको सदस्यता लिए सँगै राजनीतिमा सकृय छन् । राजनीति सँगै विभिन्न संघ संस्थामा क्रियाशिल देखिने अर्जुनकुमार श्रेष्ठ (गोर्खाली) ०५४ सालमा एमाले धादिङका नेता खेमप्रसाद लोहनी जिल्ला सभापति हुँदा उनको स्वकीय सचिव बनेका थिए । माइक्रोबस व्यवसायी संघ धादिङ र धादिङ यातायात व्यवसायी संघ मा १/१ कार्यकाल अध्यक्ष बनेका गोर्खाली खानेपानी मुल उपभोक्ता समिति नीलकण्ठको उपाध्यक्ष, निर्माण व्यवसायी संघ धादिङका सदस्य बनिसकेका छन् । जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष समेत बनि सकेका गोर्खाली, नेपाल भलिबल संघको केन्द्रिय सदस्य समेत हुन् । धादिङबेसीमा राम्रो नतिजा निकाल्न सफल हुँदै आएको नीजि विद्यालय एड्भान्स एकेडेमी धादिङका संचालनक समितिको अध्यक्ष समेत रहेका छन् ।
नेकपा एमाले भित्र अर्जुनकुमार श्रेष्ठ (गोर्खाली)
हाल नेकपा एमाले इलाका नं. ७ का सह-इन्चार्ज
हाल नेकपा एमाले जिल्ला कमिटि सदस्य (जिल्ला सदस्य बनेको ६ वर्ष २ कार्यकाल)
हाल युवा संघको निवर्तमान अध्यक्ष (८ वर्ष सम्म २ कार्यकाल अध्यक्ष बनेको यस अघि २ कार्यकाल उपाध्यक्ष बनेको )
हाल नेकपा एमाले सुरक्षा व्यवस्था कमिटिको संयोजक