धादिङमा काँग्रेस र माओवादी केन्द्रको तालमेल हुने, ६ र ७ मा कुरा मिल्यो

Avatar photo
Dhadingpost
शनिबार, बैशाख ९, २०७४

धादिङबेसी बैशाख ९ गते । चुनावी तालमेलको लागि शुक्रबार बसेको नेपाली काँग्रेस र माओवादी केन्द्र धादिङको बैठकले तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेका छन् ।

शुक्रबार राती अबेर सम्म चलेको यी दुई पार्टीको बैठकले ७ वटा (नगर र गाउँपालिका) काँग्रेसले र ६ (नगर र गाउँपालिका) माओवादी केन्द्रले लिनेगरि सैद्धान्तिक सहमति गरेका हुन् ।

६ र ७ मा कुरा टुङ्गियो, तर कुन कुन नगर र गाउँपालिका कस्ले लिने भन्ने चाहि थप गृहकार्य गरेर शनिवार टुङ्ग्यिाइने वैठकमा सहभागि एक नेताले बताए । सहमति पत्रमा हस्ताक्षर गरि सकेका छैनौ, केहि कुरा टुङ्नि बाँकी नै छ तर कुरा मिल्छ मैठकमा सहभागि एक काँग्ेस नेताले धादिङपोष्टलाई बताए ।

करिव–करिव गाउँपालिका पनि टुङ्गिएको छ तर सबै फाइनल नभई बाहिर नलाने निर्णय भएको समेत ति नेताले बताए । माओवादी केन्द्र धादिङले जिल्लाभरका नगर र गाउँपालिकामा आज गर्ने भनेको उम्मेदवार घोषणा कार्यक्रम स्थगित गरेको छ ।