गाडी भित्रै जुस खुवाएर बेहोस बनाएर लुट्ने भारतिय युवा धार्केबाट पक्राउ

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ८, २०७४

behoshराजाराम डङ्गोल,
धार्के बैशाख ८ ।
धादिङको धुनिवेशी नगरपालिका नौबिसेमा आज बिहान काकडभित्ताबाट काठमाडौं जाँदै गरेको बसमा यात्रा गरि रहेका २ यात्रुलाई जुसखान दिई बेहोस बनाएर लुटपाट गर्ने २ भारतीय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ ।

ना ५ ख ८४५१ नम्बरको बसमा भारतिय नागरिक रन्जित कुँवर र रबी कुनालले बसका यात्रु मोरङ उर्लाबारी नगरपालिका ३ का ४६ वर्षका कमल श्रेष्ठ र झापा जिल्ला बुध सान्तीनगरपालिका वर्ष ३३ का गणेश आचार्यलाई फ्रुटिमा बिसालु पदार्थ मिसायार खान दिइ बेहोस पारेर ति दुइका गलामा रहेको सिक्री नगद पैसा लुटेका थिए ।

ती २ भारतीय नागरीक नौविसेमा बसबाट ओर्लेर आफ्नो लुक्स चेन्ज गर्न दारी, कपाल काट्न लागेको बेलाम इलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेको रन्जित कुवर र रबी कुनाललाई प्रहरी कार्यालयमा खानीखोलामा राखेको छ, भने बेहोस कमल र गणेशलाई  शिव दर्शन अस्पतालमा उपचार भैरहेको रहेको इलाका प्रहरी कार्यालय खानिखोलाले जानकारी दिएको छ ।